प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछ : मुख्यमन्त्री पाण्डे « Khabarhub

प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछ : मुख्यमन्त्री पाण्डे


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारका हरेक निर्णयलाई पारदर्शी बनाइने बताएका छन् । पोखरास्थित प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको साेमबार उद्‌घाटन गर्दै उनले मन्त्रिपरिषद् बैठकका निर्णय २४ घण्टाभित्र सार्वजनिक गर्ने गरिएको बताए। 

‘चौबीस घण्टाभित्र र २४ घण्टापछि सार्वजनिक गर्नुपर्ने निर्णय सोहीअनुसार हुन्छ, मन्त्रिपरिषद् बैठकले गर्ने निर्णयबारे पत्रकारले पनि चासो दिनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘कुनै कारणले लुकेको सूचना पनि मिडियामार्फत बाहिर ल्याउँछ ।’ 

मन्त्रिपरिषद्ले गरेका निर्णयलाई थप पारदर्शी बनाउँदै लगिने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले प्रेस रजिष्ट्रार कार्यालयलाई प्रदेश सरकारले कुनै खालको हस्तक्षेप नगर्ने बताए। आमसञ्चार क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रेस रजिष्ट्रार कार्यालयले स्वतन्त्र तवरले काम गर्नुपर्ने उनले बताए। 

‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेका कारण प्रेस रजिष्ट्रार कार्यालयमाथि प्रदेश सरकारको हस्तक्षेप रहन्छ कि भन्ने आशङ्का उब्जिन सक्छ, तर हामी त्यसो हुन दिँदैनौँ’, मुख्यमन्त्री पाण्डेले भने। सोही अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले आमसञ्चार क्षेत्र हेर्ने प्रादेशिक संरचना स्थापना हुनु सुखद् पक्ष रहेको उल्लेख गर्दै प्रेस रजिष्ट्रार कार्यालयको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । 

नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले पत्रकार र आमसञ्चार क्षेत्रको सबलीकरणका लागि प्रेस रजिष्ट्रार कार्यालयसँग सहकार्य गर्ने बताए। प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालय स्थापनासँगै वार्षिक कार्यक्रम कार्यान्वयन सुरु भएको जानकारी दिए ।
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  २ : २३ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका