पाटनमा मनाइयो मतयाः पर्व « Khabarhub

पाटनमा मनाइयो मतयाः पर्व


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाईजात्राको भोलिपल्ट मनाइने मतयाः पर्व सोमबार ललितपुरको पाटनमा मनाइएको छ ।

यस पर्वमा दिवंगत आफन्तको सम्झनामा बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने र हातमा दीप लिएर नगर परिक्रमा गर्ने चलन छ । यसो गर्नाले वर्ष दिनभित्र मृत्यु भएका पितृले स्वर्गमा बास पाउने धार्मिक विश्वास छ ।

जात्राका क्रममा ललितपरका चार अशोक स्तूपासहित हरेक टोलमा रहेका बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ । यात्राका क्रममा सहभागी भक्तजनलाई विभिन्न स्थानमा फलफूल, रोटी, अन्न दानसमेत गर्ने परम्परा छ ।

राजा बालार्चन देवले जेष्ठवर्ण महाविहार स्थापना गरेको अवसरमा ललितपुरको पाटन क्षेत्रमा मतयाः पर्वको परम्परा थालेको संस्कृतिविद्हरुको भनाइ छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ४२ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका