पाटनमा मनाइयो मतयाः पर्व « Khabarhub

पाटनमा मनाइयो मतयाः पर्व


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाईजात्राको भोलिपल्ट मनाइने मतयाः पर्व सोमबार ललितपुरको पाटनमा मनाइएको छ ।

यस पर्वमा दिवंगत आफन्तको सम्झनामा बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने र हातमा दीप लिएर नगर परिक्रमा गर्ने चलन छ । यसो गर्नाले वर्ष दिनभित्र मृत्यु भएका पितृले स्वर्गमा बास पाउने धार्मिक विश्वास छ ।

जात्राका क्रममा ललितपरका चार अशोक स्तूपासहित हरेक टोलमा रहेका बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ । यात्राका क्रममा सहभागी भक्तजनलाई विभिन्न स्थानमा फलफूल, रोटी, अन्न दानसमेत गर्ने परम्परा छ ।

राजा बालार्चन देवले जेष्ठवर्ण महाविहार स्थापना गरेको अवसरमा ललितपुरको पाटन क्षेत्रमा मतयाः पर्वको परम्परा थालेको संस्कृतिविद्हरुको भनाइ छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ४२ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै