संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रद्वारा प्यालेस्टाइनलाई मान्यता दिने तयारी | Khabarhub Khabarhub

संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रद्वारा प्यालेस्टाइनलाई मान्यता दिने तयारी


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

पेरिस- संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रहरूले छिटै प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना बनाएका छन् । सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा यस विषयलाई पुर्णता दिने अष्ट्रेलियाले सोमबार जनाएको छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी अतिवादी समूहको आक्रमणपछि गाजामा भड्किएको इजरायल–हमास युद्धले प्यालेस्टाइनलाई छुटै राज्यको मान्यता दिन विश्वव्यापी दबाब बढेको छ ।

संयुक्त राष्ट्रसङ्घका १९३ सदस्यमध्ये कम्तीमा १४५ तथा फ्रान्स, क्यानडा र बेलायतसहितका राष्ट्रहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना बनाएको एएफपीले जनाएको छ ।

सन् १९८८ नोभेम्बर १५ मा प्यालेस्टिनी नेता यासेर अराफातले एकतर्फी रूपमा जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टिनी राज्यको घोषणा गरेका थिए ।

अल्जियर्समा निर्वासित उनले प्यालेस्टिनी राष्ट्रिय परिषद्को बैठकमा स्वतन्त्र प्यालेस्टिनी राज्यको घोषणा गरेपछि आधिकारिक रूपमा स्वतन्त्र प्यालेस्टिनी राज्यलाई अल्जेरियाले तत्काल मान्यता दिएको थियो ।

यसलगतै भारत, टर्की, अफ्रिकाका अधिकांश देश र धेरै मध्य र पूर्वी युरोपेली देश अरब राष्ट्रहरूसहित दर्जनौँ अन्य देशहरूले पनि यसको अनुशरण गरेका थिए ।

सन् २०१० को अन्त्य र सन् २०११ को प्रारम्भमा मध्यपूर्व शान्ति प्रक्रियाका लागि सङ्कटको समयमा मान्यताको अर्को लहर आएको थियो । अर्जेन्टिना, ब्राजिल र चिलीलगायत दक्षिण अमेरिकी देशहरूले प्यालेस्टिनीहरूले आफ्नो राज्यको दाबीलाई समर्थन गर्ने आह्वानको जवाफ दिएका थिए ।

सन् २०११ मा शान्ति वार्ता ठप्प भएपछि प्यालेस्टिनीहरूले संयुक्त राष्ट्रको पूर्ण सदस्यताका लागि अभियान अगाडि बढाए ।

यद्यपि खोज असफल भयो, तर त्यस वर्षको अक्टोबर ३१ मा संयुक्त राष्ट्रसङ्घीय शैैक्षिक, वैज्ञानिक र सांस्कृतिकमामिला हेर्ने संस्था युनेस्कोले प्यालेस्टिनीहरूलाई पूर्ण सदस्यको रूपमा स्वीकार गर्न गरेको मतदान उनीहरुको पक्षमा आयो ।

सन् २०१२ नोभेम्बरमा प्यालेस्टिनीहरूको स्थितिलाई ‘गैर–सदस्यीय पर्यवेक्षक राज्य’ मा स्तरोन्नति गर्न महासभाले मतदान गरेपछि न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घमा पहिलो पटक प्यालेस्टाइनले आफ्नो देशको झण्डा फहराएको थियो ।

तीन वर्षपछि अन्तर्राष्ट्रिय फौजदारी अदालतले पनि प्यालेस्टाइनलाई छुटटै राज्यको रूपमा स्वीकार ग¥यो ।

सन् २०२३ अक्टुबर ७ मा गाजामा इजरायलको आक्रमणले प्यालेस्टिनी राज्यको समर्थनको विषयलाई तीव्र बनाएको छ । क्यारेबियाली देशहरू जमैका, ट्रिनिडाड एण्ड टोबागो, बार्बाडोस, बहामास र अर्मेनियाले सन् २०२४ मा यस विषयमा कूटनीतिक कदम चालेका थिए ।

यसैगरी नर्वे, स्पेन, आयरल्यान्ड र स्लोभेनियालगायत युरोपेली सङ्घका सदस्यहरूले पनि सोही प्रक्रिया अवलम्वन गरे । पोल्याण्ड, बुल्गेरिया र रोमानियाजस्ता अन्य सदस्य राष्ट्रहरूले युरोपेली सङ्घमा सामेल हुनुभन्दा अघि नै सन् १९८८ मा मान्यता दिएका थिए ।

अर्कोतर्फ हङ्गेरी र चेक गणतन्त्रजस्ता केही देशहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिन मानिरहेका छैनन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सोमबार संयुक्त राष्ट्रसङ्घीय महासभामा अस्ट्रेलियाले प्यालेस्टनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका छन् ।

फ्रान्सले गत महिना सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिन चाहेको बताएको थियो भने बेलायतले गाजामा युद्धविराम नगरेसम्म यो सम्भव नरहने बताएको थियो ।

क्यानडाले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना बनाएको प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् । औपचारिक रूपमा मान्यता व्यक्त गर्न सक्ने अन्य देशहरूमध्ये माल्टा, फिनल्याण्ड र पोर्चुगलले पनि सम्भावना रहेको बताएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ०४ बजे

पाकिस्तानमा १९ जनामा भेटियो पोलियो

काठमाडौं– यस वर्षको शुरुयता पाकिस्तानमा पोलियो रोगका १९ औँ बिरामी

बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

म्याग्दी– पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले

पोखरामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्यो

गण्डकी– पछिल्ला दुई सातामा पोखरा महानगरपालिकामा १२९ जना डेङ्गी सङ्क्रमणका

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छ : मन्त्री न्यौपाने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई

ऊर्जामन्त्री खड्कासँग अष्ट्रेलियाली राजदूतको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालस्थित अष्ट्रेलियाका राजदूत