छोरीहरूले काजकिरिया गरेको भन्दै काभ्रेमा सामाजिक बहिष्कारको धम्की « Khabarhub

छोरीहरूले काजकिरिया गरेको भन्दै काभ्रेमा सामाजिक बहिष्कारको धम्की


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काभ्रे– मरेपछि बैतर्नी तर्न छोराले काजकिरिया गर्नुपर्ने रुढीवादी परम्परा विस्तारै छोरीहरूले तोड्दै आएका छन् । यसको पछिल्लो उदाहरण हुन् – बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा । उनी दिवंगत बुवा हरिप्रसाद सापकोटालाई दाहसंस्कार गरेर काजकिरियामा बसेकी छिन् । 

विमलासहित उनका दुई बहिनीहरू निर्मला र राधिका पनि बाबुको काजकिरियामा बसेका छन् । बुवाको ९१ वर्षको उमेरमा हिजो आइतबार निधन भयो । छोरा नभएका र छोरीहरुमात्रै रहेका सापकोटालाई दागबत्ती कसले देला र काजकिरिया कसले गर्ला भन्ने चर्चाका बीच उनका छोरीहरूले दागबत्ती दिएर दाहसंस्कार गरे । 

जब काजकिरिया गर्न छोरीहरू नै अग्रसर भए तब समाजले त्यसलाई स्वीकार्न चाहेन । तर, उनीहरु पछि हटेनन् । समाजको बहिष्कारको चेतावनीकाबीच बाबुको किरियामा बसे । आफूहरू किरियामा बस्दै गर्दा बहिष्कार गर्ने मिटिङ बसिरहेको थाहा पाएपछि बिमलाले सामाजिक सञ्जालबाटै आक्रोशसमेत व्यक्त गरेकी छन् ।
 
उनले लेखेकी छन्, ‘महिला माथिको बिभेद कहिले अन्त्य हुन्छ आफ्नु बाउको काजकिरिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदैछ । यो समाज र दाजुभाइ भन्नेहरुले हामीलाई  पीडा माथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरु कसैको वंशमा दखल गरेका छैनौ हामी अब थप पीडा सहन सक्ने अवस्था मा छैनौ ।’ 

उनले आफूहरू बहिष्कार हुन तयार रहेको भन्दै कानुन र संविधानविपरीत काम नगर्न चेतावनीसमेत दिएकी छन् । आफूहरूले गरेको यो कार्यले हजारौं छोरीहरुमाथि न्याय हुने बिमलाले उल्लेख गरेकी छन् । 

उनले थप लेखेकी छन्, ‘ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाब छ । हामीले गरेको यो कामले हजारौं छोरी माथि न्याय हुनेछ । खबरदार यो छलफल र बहस रोकी हाल हामी बहिष्कार हुन तयार छौ । १३ दिन हाम्रो बुवाको घरमा बसेर काजकिरिया गर्न देउ पीडा नदेउ । १३ दिनपछि सदाको लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौ । समाजको डर लाग्नेहरू कृपया हामीलाई साथ दिनु पर्ने बाध्यता नसम्झनु होला तपाईं स्वतन्त्र हुनुहुन्छ ।’
 
सापकोटा दिदीबहिनीहरू किरियामा बसेको र उनीहरूलाई सामाजिक बहिष्कारको प्रयास भएकोप्रति धेरैले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । सापकोटा दिदीबहिनीको कदमलाई समर्थन गर्दै सामाजिक सञ्जालमा हजारौं पोष्टहरु शेयर भएका छन् ।

छोरीहरुको काजकिरिया गर्न सुरुमा सापकोटा परिवारका पुरोहितले अनुमति दिएका थिए । तर, समाजले पुरोहितलाई पनि बहिष्कार गर्ने खालको धम्की दिएपछि उनी पनि पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम भइरहेको छ । पुरोहित दीपक सुवेदीले काजकिरिया गरारइरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ०४ बजे

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका