‘राज्यको सञ्चित कोषबाट रकम नजुट्दा पूर्वाधार निर्माणको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण’ « Khabarhub

‘राज्यको सञ्चित कोषबाट रकम नजुट्दा पूर्वाधार निर्माणको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण’


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यले पूर्वाधारमा लगानी गर्न सञ्चित कोषबाट रकम जुटाउन नसकेको अवस्थमा वैकल्पिक रुपमा वित्त परिचालन गर्न सक्ने व्यवस्थाका लागि बैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक ल्याएको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उक्त विधेयकमाथिको छफावार छलफलका क्रममा पौडेलले मुलुकका लागि फाइदाजनक रहेको बिकासे आयोजनाहरुमा लगानी सुनिश्चित गर्ने बिकल्पका रुपमा बैकल्पिक विकास वित्त परिचालनको अवधारणा ल्याएको बताएका हुन् । 

राज्यको सञ्चित कोषबाट रकम जुटाउन नसकी पूर्वाधार निर्माणमा भइरहेको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण हुने उनले बताए ।

उनले उच्च आर्थिक प्रतिफल दिने आयोजनाको विकास गर्ने लक्ष्यका साथ विधेयक ल्याइएकाले प्रतिफल दिने खालका आयोजनाहरुलाई प्राथमिकतामा राख्ने जिकिर गरे । पौडेलले आयोजनाको छनोटका सम्वन्धमा पनि विधेयकमा स्पष्ट व्यवस्था गरिएको जानकारी दिए । 

बैठकमा विधेयकका केहि दफामा छलफल गरि टुङ्गोमा पुराइएको छ । विधेयकमाथि सांसदहरुले ६६ संशोधन दर्ता गराएका थिए ।

मुलुकको समृद्धि, दीगो विकास तथा उत्पादकत्व वृद्धिका लागि अत्यावश्यक पूर्वाधार परियोजना कार्यान्वयन गर्न परम्परागत लगानीका अतिरिक्त वैकल्पिक वित्त परिचालन आवश्यक रहेको भन्दै सरकारले उक्त विधेयक ल्याएको हो । 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : ४५ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण