आफैंले बनाएको मदन भण्डारी फाउन्डेसनमाथि खनिए ओली, ‘पाखण्डी’ले ठगी खाने भाँडो बनाएको आरोप « Khabarhub

आफैंले बनाएको मदन भण्डारी फाउन्डेसनमाथि खनिए ओली, ‘पाखण्डी’ले ठगी खाने भाँडो बनाएको आरोप


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेसन पाखण्डीहरूले कब्जा गरेको आरोप लगाएका छन् ।

पार्टी मुख्यालय च्यासलमा ‘मदन–आश्रित स्मृति प्रतिष्ठान’का नवनियुक्त अध्यक्ष प्रदीप ज्ञवालीसहितका पदाधिकारीलाई सपथ ग्रहण गराउँदै उनले फाउन्डेसनलाई ‘ठगी खाने भाँडो’ बनाइएको टिप्पणी गरे।

कुनै बेला एमालेमा आफू संकटमा परेका बेला फाउन्डेसनमार्फत् राजनीति गरेका ओ‌लीले अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पकडमा रहेपछि आक्रोश पोखेका हुन् ।

उक्त संस्था मदन भण्डारीकै विचारविपरीत अघि बढिरहेको आरोप पनि उनले लगाए । फाउनडेशनका पदाधिकारीहरूको व्यवहार र अभिव्यक्तिले त्यसलाई पुष्टि गरेको जिकिर उनले गरे।

‘पार्टीका सम्मानित नेताको नामा स्थापना गरिएका संस्थाहरू सही बाटोमा हिडनुपर्छ । साँच्चिकै काम गर्छ कि ठगी खाने भाँडो बन्छ भन्ने हेर्न जरुरी छ’, उनले भने, ‘नेताहरूका नाममा बनाइएका प्रतिष्ठानहरू ठगी खाने भाँडो बनाउने परिपार्टी हुनुहुन्न । नेताको आदर्श पच्छ्याउन सक्नुपर्छ ।’

उनले सामूहिक संस्था हुनुपर्ने पनि बाए । ‘मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन । हामी मिलेर बनाएको हो’, उनले भने, ‘मदन भण्डारी र जीवराज आश्रितको जन्मदिन मनाउन नपाइने भएपछि मदन-आश्रित स्मृति प्रतिष्ठान बनाउनु परेको हो ।’

उनले आगामी दिनमा भदन भण्डारी फाउन्डेशन कसरी जान्छ ? त्यो हेर्न बाँकी रहेको पनि बताएका छन् । फाउन्डेशनमा अहिले मदन पुत्री उषाकिरण अध्यक्षको भूमिकामा छिन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : ३८ बजे

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’