‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’ « Khabarhub

‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरि पुष्करले डिजिटल युगलाई आत्मसात गर्दै श्रम मन्त्रालय अघि बढेको बताएका छन्। मन्त्रालयले नयाँ डिजिटल पद्धति थप्दै लगेको उनले बताए।

अब उप्रान्त समग्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रणाली प्रविधिमार्फत हुने सचिव डा पुष्करले जानकारी दिए ।  मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा उनले श्रमचक्रको समग्र प्रक्रियालाई डिजिटलाइजेसन ब्लुप्रिन्टले ध्यान दिएको उल्लेख गर्दै प्राथमिकतासाथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।     

‘स्वीस कन्ट्याक्ट’बाट श्रम संसार र रेमी परियोजनाबाट श्रम बजार सूचना प्रणालीको प्राविधिक दस्तावेजको कार्यान्वयनबाट ब्युरोक्रेसीलाई डिजिटलक्रेसीमा रुपान्तरण गर्न लागिएको उनको भनाइ थियो । सचिव डा पुष्करले डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीको विकास कार्यमा विकास साझेदार एसडिसी, स्वीस कन्ट्याक्ट र रेमी परियोजनाको योगदानबारे चर्चा गरे। 

‘मान्छे दौडिने नभइ प्रणाली दौडिनुपर्ने पद्धतिको विकास हुन लागेको छ । सीमित श्रोत र साधन हुँदाहुँदै श्रम संसारको प्रयोगलाई व्यापकता दिएका छौँ’, उनले भने। 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : ३९ बजे

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत

फेरि ‘रियल सुपरस्टार’को ट्याग, हिरो पनि स्वीकार्छन्

काठमाडौं – मेकरहरू आफ्नो फिल्मको हिरोको नामको अगाडि विभिन्न ट्याग

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

रुकुमपूर्व– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन