अर्की टिकटकर पनि फिल्ममा डेब्यू गर्दै « Khabarhub

अर्की टिकटकर पनि फिल्ममा डेब्यू गर्दै


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकबाट चर्चामा आएर ठूलो पर्दाको अभिनयमा होमिने कलाकारको संख्या बढ्दो छ । नायिक गरिमा शर्मा र नायक पारम बम ‘कुल ब्वाइ’ यसका मुख्य उदाहरण हुन् ।

अर्का टिकटकर आयुष सिंह ठकुरीले पनि फिल्म ‘राम नाम सत्य’ साइन गरिसकेको छ । उनले फिल्ममा अभिनय गर्ने पक्का छन् ।

टिकटकबाट चर्चामा आएर म्युजिक भिडियो हुँदै फिल्ममा अभिनय गर्नेको सूची तयार गर्ने हो भने लामै बन्छ ।

यही सूचीमा टिकटकर आभा ढुङ्गाना पनि थपिएकी छन् । उनी फिल्म ‘कश्यप’को शीर्ष नायिकाका लागि अनुबन्ध भएको खबर छ ।

दिनेश जी खड्काको निर्देशनमा आभाको अभिनय रहने निर्माण पक्षले सोमबार सार्वजनिक गरेको हो ।

निर्देशक खड्काका अनुसार कथाले नयाँ अनुहारको माग गरेकाले आभालाई फिल्ममा अनुबन्ध गरिएको हो । उनले भने, ‘उहाँको प्रभिता र प्रस्तुतीलाई ध्यानमा राखेर स्किन टेस्ट गरेरै फाइलन गरेका हौं ।’

निर्माण पक्षले दिएको जानकारी अनुसार आभाले यो फिल्ममा एक्सन अवतारमा प्रस्तुत हुनेछिन् । उनी अहिले एक्सन प्रशिक्षणमा व्यस्त छिन् ।

आभा भन्छिन्, ‘यो फिल्मको कथा उत्कृष्ट छ । यो फिल्म उत्कृष्ट बन्छ भन्ने आशा छ । मैले पनि मिहिनेत गरिरहेको छु ।’

यस फिल्मको नायकमा सविन श्रेष्ठ फाइनल भइसकेका छन् । निर्माण पक्षले छायाङ्कन मिति भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ५ : २२ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका