कैलाली कारागार घटना : गृहमन्त्री लेखकको राजीनामा माग « Khabarhub

कैलाली कारागार घटना : गृहमन्त्री लेखकको राजीनामा माग


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालले कैलाली कारागार घटनाको जिम्मा लिँदै गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको छ । 

मुक्ति पार्टीले कैलाली कारागारमा एक जनाको मृत्यु र कयौँ कैदीबन्दी घाइते हुने गरी भएको घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री लेखकलाई राजीनामा दिन माग गरेका हुन् ।  

‘सुरक्षा संयन्त्र गम्भीर रूपले असफल भएकोले गृह प्रशासनको प्रमुखको हैसियतले सम्पूर्ण घटनाको जिम्मा लिँदै नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा गरियोस्,’ प्रवक्ता रविन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

मुक्ति मोर्चाले आयोग गठन गरेर घटनाको सम्पूर्ण कारण, पृष्ठभूमि र दोषीहरूको पहिचान गरिनुपर्ने पनि माग गरेको छ । ‘दोषीलाई कुनै राजनीतिक या प्रशासनिक संरक्षण बिना कानूनी कारबाहीको दायरामा ल्याइयोस्,’ विज्ञप्तिमा लेखिएको छ, ‘घाइते कैदीबन्दीहरूको तत्काल उपचार, पुनःस्थापना र स्वास्थ्य सुरक्षा सुनिश्चित गरियोस् ।’

मुक्ति पार्टीले देशभरका कारागारहरूमा सुरक्षा, स्वास्थ्य र मानवअधिकार मापदण्डअनुसारको सुधार तत्काल सुरु गर्न र कैलाली कारागारमा मारिएका भरत चौधरीको परिवारलाई उचित राहत र दीर्घकालीन न्यायको पूर्ण सुनिश्चितता गर्न पनि माग गरेको छ । 

गत शुक्रबार राति कैलाली कारागारभित्र कैदीबन्दीहरूको दुई समूहबीच भएको हिंसात्मक झडपमा भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना कैदीबन्दी घाइते भएका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : ५६ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका