सामसुङले सुरु गर्‍यो स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’  « Khabarhub

सामसुङले सुरु गर्‍यो स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’ 


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पानी परेर बिग्रिएका मोबाइललाई मर्मत गर्न सामसुङ नेपालले ‘सामसुङ मनसुन क्याम्प’ सुरु गरेको छ । जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो सेवा भदौ ८ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत सामसुङ प्रयोगकर्ताले वारंटी भए/नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ सेवा केन्द्रमा गएर चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन् । 

यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैँले व्यहोर्नु पर्नेछ । यो सेवा सामसुङका अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । 

सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख राजन भट्टराई भन्छन्, ‘ सामसुङ नेपालमा हामी ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौँ। ‘

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ५ : १७ बजे

दक्षिण कोरियासँग तनाव बढ्दै जाँदा उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

सियोल- दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब

राजर्षिजनक विश्वविद्यालयलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा

धनुषा- राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल