बौद्धमा मनाइयो रोपाई जात्रा तस्बिरहरू) « Khabarhub

बौद्धमा मनाइयो रोपाई जात्रा तस्बिरहरू)


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको छ ।  

हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइँदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरूको भनाइ छ ।

झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासँगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो । बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् ।

किसानलाई फुर्सद भएकाले रोपाइँ जात्रामा कामको थकान मेटिने मनोरञ्जन हुने व्यङ्ग्य गर्ने गरिन्छ । रोपाई जात्राका अवसरमा बौद्धनाथ क्षेत्र विकास समिति लगायतले पुरस्कार वितरण समारोहको आयोजना गरिएको थियो ।

बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा र कामपा-६ को सहयोग साथै स्थानीय संघसंस्थाको सहभागितामा रोपाइँजात्रा मुल समारोह समितिको आयोजनामा सम्पन्न भएको हो ।

यस जात्राका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र विशिष्ट अतिथि अर्थसमितिका सभापति एवं क्षेत्र ३ का माननीय सन्तोष चालिसे, कामपा वडा नं ६ का वडा अध्यक्ष भुवन लामा लगायत उपस्थित थिए  ।

विशेषतः तामाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार र अन्य जातिहरू समेत यसमा सहभागी हुन्छन् । धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले रोपाई जात्रा तान्त्रिक, धार्मिक, सांस्कृतिक महत्वको जात्रा बनेको संस्कृतिविद्हरूको भनाइ छ ।

तस्बिरहरू :

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ५ : ४३ बजे

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ (तस्बिरहरू)

काठमाडौं– महाशिवरात्रिको तयारीस्वरुप विश्व सम्पदा सूचीमा सूचीकृत वैदिक सनातन हिन्दू

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर

जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

गण्डकी– फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ