ऊर्जामन्त्री खड्कासँग अष्ट्रेलियाली राजदूतको भेट « Khabarhub

ऊर्जामन्त्री खड्कासँग अष्ट्रेलियाली राजदूतको भेट


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालस्थित अष्ट्रेलियाका राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गरेकी छन् ।

ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री खड्काले नेपाललाई अस्ट्रेलियाले गर्दै आएको सहयोगप्रति आभार प्रकट गरिन्। मन्त्री खड्काले अष्ट्रेलियाले नेपाललाई दिँदै आएको छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमले नेपालको जनशक्ति सुदृढीकरणमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरे।

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष प्रवेश भएकोमा खुसी व्यक्त गर्दै मन्त्री खड्काले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिँचाइ, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको बताए।

उनले नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाए। भेटका क्रममा राजदूत जोनस्टनले मन्त्री खड्कालाई आगामी सेप्टेम्बर ८ देखि १० सम्म फ्रान्सको पेरिसमा आयोजना हुने अन्तर्राष्ट्रिय पम्प स्टोरेज जलविद्युत् सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गरे ।

उनले नेपालले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्री खड्काकै कार्यकालमा ऊर्जा विकास मार्गचित्र ल्याएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । राजदूत जोनस्टनले वातावरणीय सन्तुलन कायम राख्दै जलविद्युत् विकास नेपालका लागि लाभदायी हुनेमा विश्वास व्यक्त गर्दै यस महत्वाकांक्षी योजनामा अष्ट्रेलियाको सहयोग र साझेदारी रहने आश्वासन दिए । 
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : १५ बजे

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको