पोखरामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्यो | Khabarhub Khabarhub

पोखरामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्यो


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पछिल्ला दुई सातामा पोखरा महानगरपालिकामा १२९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका छन् । 

यही साउन १० गतेसम्ममा ३०३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा आइतबार उक्त सङ्ख्या वृद्धि भइ ४३२ पुगेको हो । जुन यस वर्ष गण्डकी प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधा भन्दा बढी सङ्ख्या हो । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुसयता मनाङबाहेक प्रदेशका १० जिल्लामा कूल ८११ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । 

प्रदेश राजधानी पोखरा गत वर्ष डेङ्गीको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्न सक्ने अनुमान गरिएको छ ।  

गत वर्षजस्तो सङ्क्रमण व्यापक हुन नदिन उच्च सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेङ्गी सङ्क्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा रहेको बताए। वर्षायाम सुरु भएपछि डेङ्गी सङ्क्रमणको दर बढ्दै गएको हो । 

गण्डकी प्रदेशमा हालसम्म सबैभन्दा बढी कास्कीमा ४४१, तनहुँमा १२०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गी सङक्रमण पुष्टि भएको हो । कास्कीमा सङ्क्रमण पुष्टि भएका ४४१ मध्ये ४३२ जना पोखरा महानगरपालिकाका हुन् । पोखरा महानगरलगायत प्रदेशका स्थानीय तहहरूले समुदायस्तरमा डेङ्गी फैलनबाट रोक्न डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । 

उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । लामखट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको छ । हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन हुने स्वास्थ्यकर्मी बताउँछन् । 

डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको वासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय मानिन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : ३४ बजे

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार