व्यवस्थित बन्दै साप्ताहिक हाटबजार « Khabarhub

व्यवस्थित बन्दै साप्ताहिक हाटबजार


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको गोलबजार नगरपालिकाअन्तर्गत सडकपेटीमा सञ्चालन हुँदै आएका साप्ताहिक हाटबजारलाई व्यवस्थित गर्न थालेको छ । 

नगरपालिकाले चोहर्वा र गोलबजारका हाट बजारहरूलाई पसलको व्यवस्था, आवागमनको बाटो, सरसफाइ र पार्किङ प्रणालीसहित सुधार थालेको हो । विगतमा सोमबार र बिहीबार चोहर्वा, तथा मंगलबार र शनिबार गोलबजारमा लाग्ने हाटबजार सडकको दायाँबायाँ अव्यवस्थित रूपमा फैलिँदा सवारी जाम, दुर्घटनाको जोखिम र किनमेलमा असहजता हुने गरेको थियो । स्थानीय सरकारको प्रयासपछि हाल बजार व्यवस्थित बन्दै गएको छ ।

स्थानीय तरकारी व्यापारी महेश्वर यादवले भने, ‘पहिले हाटबजारमा सडकपेटीमै पसल राख्नुपथ्र्यो । भीडभाड यति धेरै हुन्थ्यो कि सामान राख्ने त के, उभिन पनि ठाउँ हुदैनथ्यो । अहिले नगरपालिकाले पसल राख्ने निश्चित स्थान तोकेको छ, जसले गर्दा सबैलाई सहज भएको छ ।’

गोलबजार–९ का किसान जीवछ पासवानको पनि उस्तै भोगाइ छ । 

‘हामी किसानहरू वर्षौंदेखि हाटबजारमै आफ्नो उत्पादन बेच्दै आएका छौँ । पहिले निश्चित ठाउँ नहुँदा जहाँ पाइयो, त्यहीँ पसल राख्थ्यौँ । अहिले स्थान तोकिएको छ, बाटो खुला छ, र ग्राहकलाई पनि सहज भएको छ, ‘ उनले भने। 

बजार क्षेत्रको सरसफाइमा पनि विशेष ध्यान दिइएको छ । नगरपालिकाको सहकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, र स्थानीय स्वयंसेवकहरूले बजार व्यवस्थापनमा सहयोग गरिरहेका छन् । 

गोलबजार नगरपालिका र बजार व्यवस्थापन समितिले यस अभियानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । वडा नं ८ का अध्यक्ष देवनारायण महतो र चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रकुमार महतोले बजार सुधार आफ्नो चुनावी एजेन्डा भएको बताउँदै स्थानीयको सहयोगबिना दीर्घकालीन व्यवस्थापन असम्भव हुने धारणा राखे। 
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : ४८ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट