व्यवस्थित बन्दै साप्ताहिक हाटबजार « Khabarhub

व्यवस्थित बन्दै साप्ताहिक हाटबजार


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको गोलबजार नगरपालिकाअन्तर्गत सडकपेटीमा सञ्चालन हुँदै आएका साप्ताहिक हाटबजारलाई व्यवस्थित गर्न थालेको छ । 

नगरपालिकाले चोहर्वा र गोलबजारका हाट बजारहरूलाई पसलको व्यवस्था, आवागमनको बाटो, सरसफाइ र पार्किङ प्रणालीसहित सुधार थालेको हो । विगतमा सोमबार र बिहीबार चोहर्वा, तथा मंगलबार र शनिबार गोलबजारमा लाग्ने हाटबजार सडकको दायाँबायाँ अव्यवस्थित रूपमा फैलिँदा सवारी जाम, दुर्घटनाको जोखिम र किनमेलमा असहजता हुने गरेको थियो । स्थानीय सरकारको प्रयासपछि हाल बजार व्यवस्थित बन्दै गएको छ ।

स्थानीय तरकारी व्यापारी महेश्वर यादवले भने, ‘पहिले हाटबजारमा सडकपेटीमै पसल राख्नुपथ्र्यो । भीडभाड यति धेरै हुन्थ्यो कि सामान राख्ने त के, उभिन पनि ठाउँ हुदैनथ्यो । अहिले नगरपालिकाले पसल राख्ने निश्चित स्थान तोकेको छ, जसले गर्दा सबैलाई सहज भएको छ ।’

गोलबजार–९ का किसान जीवछ पासवानको पनि उस्तै भोगाइ छ । 

‘हामी किसानहरू वर्षौंदेखि हाटबजारमै आफ्नो उत्पादन बेच्दै आएका छौँ । पहिले निश्चित ठाउँ नहुँदा जहाँ पाइयो, त्यहीँ पसल राख्थ्यौँ । अहिले स्थान तोकिएको छ, बाटो खुला छ, र ग्राहकलाई पनि सहज भएको छ, ‘ उनले भने। 

बजार क्षेत्रको सरसफाइमा पनि विशेष ध्यान दिइएको छ । नगरपालिकाको सहकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, र स्थानीय स्वयंसेवकहरूले बजार व्यवस्थापनमा सहयोग गरिरहेका छन् । 

गोलबजार नगरपालिका र बजार व्यवस्थापन समितिले यस अभियानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । वडा नं ८ का अध्यक्ष देवनारायण महतो र चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रकुमार महतोले बजार सुधार आफ्नो चुनावी एजेन्डा भएको बताउँदै स्थानीयको सहयोगबिना दीर्घकालीन व्यवस्थापन असम्भव हुने धारणा राखे। 
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : ४८ बजे

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत

फेरि ‘रियल सुपरस्टार’को ट्याग, हिरो पनि स्वीकार्छन्

काठमाडौं – मेकरहरू आफ्नो फिल्मको हिरोको नामको अगाडि विभिन्न ट्याग

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

रुकुमपूर्व– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सोमबार मनोनयन