पार्टी रूपान्तरण आवश्यक : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ « Khabarhub

पार्टी रूपान्तरण आवश्यक : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी रूपान्तरणको आवश्यकता रहेको बताएका छन् ।
    
आज महेन्द्रनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले क्रान्तिकारी र शक्तिशाली पार्टी निमार्णको लागि रूपान्तरण आवश्यक रहेको बताएका हुन् । 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्रकै नेतृत्वमा सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्ने गरी अगाडि बढ्नुपर्ने भन्दै त्यसका लागि पार्टी रूपान्तरण अपरिहार्य रहेको धारणा राखे । 

‘त्यति मात्रै होइन सबै वामपन्थी एकताका लागि निम्ति पनि हाम्रो पार्टी रूपान्तरण हुन जरूरी छ । त्यसपछि मात्रै सामाजिक न्याय, समृद्धि र समाजवादको कार्यभार पूरा हुनेछ’, उनले भने। 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले हाल पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टी रूपान्तरण हुनुपर्ने बताए। उनले मुलुकको अहिलेको परिस्थितिलाई यथास्थितिमा राख्न नहुने धारणा राखे । 
    
यथास्थितिलाई सकारात्मक ढङ्गबाट हस्तक्षेप गर्न सके समृद्धि र समाजवादको लक्ष्य पूरा हुने दिशातर्फ जान सकिने भन्दै त्यसो हुन नसके मुलुकमा अराजकता र प्रतिगमनको खतरा बढ्नसक्ने श्रेष्ठको भनाइ थियो । 

उनले माओवादी केन्द्रले हाल वामपन्थीसँग एकताको प्रस्ताव गरेको र छलफलका लागि वार्ता टोली बनाउन अन्य दलहरूलाई आग्रह गरिएको बताए।
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ७ : ३८ बजे

वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार  

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित

रास्वपाका उम्मेदवार गणेश र बालेनबीच भेटवार्ता

काठमाडौं– झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह र मोरङ

प्रतिनिधिसभा निर्वाचन : झापामा १५ महिलासहित ९० जना मैदानमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः