पार्टी रूपान्तरण आवश्यक : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ « Khabarhub

पार्टी रूपान्तरण आवश्यक : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी रूपान्तरणको आवश्यकता रहेको बताएका छन् ।
    
आज महेन्द्रनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले क्रान्तिकारी र शक्तिशाली पार्टी निमार्णको लागि रूपान्तरण आवश्यक रहेको बताएका हुन् । 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्रकै नेतृत्वमा सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्ने गरी अगाडि बढ्नुपर्ने भन्दै त्यसका लागि पार्टी रूपान्तरण अपरिहार्य रहेको धारणा राखे । 

‘त्यति मात्रै होइन सबै वामपन्थी एकताका लागि निम्ति पनि हाम्रो पार्टी रूपान्तरण हुन जरूरी छ । त्यसपछि मात्रै सामाजिक न्याय, समृद्धि र समाजवादको कार्यभार पूरा हुनेछ’, उनले भने। 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले हाल पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टी रूपान्तरण हुनुपर्ने बताए। उनले मुलुकको अहिलेको परिस्थितिलाई यथास्थितिमा राख्न नहुने धारणा राखे । 
    
यथास्थितिलाई सकारात्मक ढङ्गबाट हस्तक्षेप गर्न सके समृद्धि र समाजवादको लक्ष्य पूरा हुने दिशातर्फ जान सकिने भन्दै त्यसो हुन नसके मुलुकमा अराजकता र प्रतिगमनको खतरा बढ्नसक्ने श्रेष्ठको भनाइ थियो । 

उनले माओवादी केन्द्रले हाल वामपन्थीसँग एकताको प्रस्ताव गरेको र छलफलका लागि वार्ता टोली बनाउन अन्य दलहरूलाई आग्रह गरिएको बताए।
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ७ : ३८ बजे

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको