चीनले सिन्जियाङमा ७५ वर्षदेखि नरसंहार गरिरहेको मानव अधिकारवादी संस्थाको आरोप « Khabarhub

चीनले सिन्जियाङमा ७५ वर्षदेखि नरसंहार गरिरहेको मानव अधिकारवादी संस्थाको आरोप


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले चीनमाथि सिन्जियाङ प्रान्तमा बसोबास गर्ने अल्पसङ्ख्यक मुसलमान धर्म मान्ने उइग्युर समुदायविरुद्ध नरसंहार गरेको आरोप लगाएका छन् । ती संस्थाहरुले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको चीनको साम्यवादी सरकारले उइग्युर समुदायको सँस्कृतिक, धार्मिक र सामाजिक पहिचानको दमन गर्न विभिन्न नीतिहरु लागू गरेको आरोप लगाएका हुन् ।

सिन्जियाङको स्रोत साधनबाट मुनाफा आर्जन गरेपनि चिनियाँ कम्युनिष्ट पार्टीले उइग्युर समुदायका मानिसको हत्या गरेको, सामूहिक नजरबन्द शिविरमा राख्ने गरेको, जबरजस्ती श्रम शोषण गरिएको, सांस्कृतिक सम्पदाहरू नष्ट गर्ने र परिवारहरूलाई छुट्याउने जस्ता कार्य गरेको आरोप लागेको छ ।

सिफ्याक्टले जारी गरेको रिपोर्टलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार चीनले एकातिर सो क्षेत्रमा लिथियम, बेरिलियम, म्याग्नेसियम, तेल, ग्यास, र अन्य महत्वपूर्ण स्रोतहरूको दोहन गरिरहेको छ भने अर्कोतर्फ जनसाङ्ख्यिकीय परिवर्तनको प्रयास गरेको छ ।

समाचारमा जनाइएअनुसार सो क्षेत्रमा सन् १९४९ मा जातीय हान चिनियाँ समुदायको जनसङ्ख्या केबल ४ प्रतिशत रहेको थियो । सन् १९६४ मा यो बढेर ३३ प्रतिशत पुगेको थियो । सन् २०१४ यता सो क्षेत्रमा चीन सरकारको दमन उत्कर्षमा पुगेको छ । यसलाई स्वतन्त्रतावादी उइग्युर नेता सलिह हुदायरले ‘पूर्णस्तरको नरसंहार’ को संज्ञा दिएका छन् ।

सिफ्याक्टको प्रतिवेदनमा चीनले ३० लाखभन्दा बढी उइग्युर, काजाख, किर्गिज र अन्य तुर्किक समुदायका मानिसहरूलाई राज्य सञ्चालित शिविरहरूमा नजरबन्द राखिएको, महिलाहरूको सामूहिक बन्ध्याकरण गरिएको उल्लेख छ ।

त्यसबाहेक, १६ हजारभन्दा धेरै साँस्कृतिक तथा धार्मिक स्थल ध्वस्त पारिएको, सो क्षेत्रमा ठूलो स्तरमा मानिसहरुको निगरानी गरी गोपनियता हनन् गरिएको, यौन हिंसाका घटना हुने गरेको र करिब ९ लाख बालबालिकालाई परिवारबाट जबरजस्ती अलग गर्ने कार्यहरू गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ५९ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता