चीनले सिन्जियाङमा ७५ वर्षदेखि नरसंहार गरिरहेको मानव अधिकारवादी संस्थाको आरोप « Khabarhub

चीनले सिन्जियाङमा ७५ वर्षदेखि नरसंहार गरिरहेको मानव अधिकारवादी संस्थाको आरोप


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले चीनमाथि सिन्जियाङ प्रान्तमा बसोबास गर्ने अल्पसङ्ख्यक मुसलमान धर्म मान्ने उइग्युर समुदायविरुद्ध नरसंहार गरेको आरोप लगाएका छन् । ती संस्थाहरुले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको चीनको साम्यवादी सरकारले उइग्युर समुदायको सँस्कृतिक, धार्मिक र सामाजिक पहिचानको दमन गर्न विभिन्न नीतिहरु लागू गरेको आरोप लगाएका हुन् ।

सिन्जियाङको स्रोत साधनबाट मुनाफा आर्जन गरेपनि चिनियाँ कम्युनिष्ट पार्टीले उइग्युर समुदायका मानिसको हत्या गरेको, सामूहिक नजरबन्द शिविरमा राख्ने गरेको, जबरजस्ती श्रम शोषण गरिएको, सांस्कृतिक सम्पदाहरू नष्ट गर्ने र परिवारहरूलाई छुट्याउने जस्ता कार्य गरेको आरोप लागेको छ ।

सिफ्याक्टले जारी गरेको रिपोर्टलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार चीनले एकातिर सो क्षेत्रमा लिथियम, बेरिलियम, म्याग्नेसियम, तेल, ग्यास, र अन्य महत्वपूर्ण स्रोतहरूको दोहन गरिरहेको छ भने अर्कोतर्फ जनसाङ्ख्यिकीय परिवर्तनको प्रयास गरेको छ ।

समाचारमा जनाइएअनुसार सो क्षेत्रमा सन् १९४९ मा जातीय हान चिनियाँ समुदायको जनसङ्ख्या केबल ४ प्रतिशत रहेको थियो । सन् १९६४ मा यो बढेर ३३ प्रतिशत पुगेको थियो । सन् २०१४ यता सो क्षेत्रमा चीन सरकारको दमन उत्कर्षमा पुगेको छ । यसलाई स्वतन्त्रतावादी उइग्युर नेता सलिह हुदायरले ‘पूर्णस्तरको नरसंहार’ को संज्ञा दिएका छन् ।

सिफ्याक्टको प्रतिवेदनमा चीनले ३० लाखभन्दा बढी उइग्युर, काजाख, किर्गिज र अन्य तुर्किक समुदायका मानिसहरूलाई राज्य सञ्चालित शिविरहरूमा नजरबन्द राखिएको, महिलाहरूको सामूहिक बन्ध्याकरण गरिएको उल्लेख छ ।

त्यसबाहेक, १६ हजारभन्दा धेरै साँस्कृतिक तथा धार्मिक स्थल ध्वस्त पारिएको, सो क्षेत्रमा ठूलो स्तरमा मानिसहरुको निगरानी गरी गोपनियता हनन् गरिएको, यौन हिंसाका घटना हुने गरेको र करिब ९ लाख बालबालिकालाई परिवारबाट जबरजस्ती अलग गर्ने कार्यहरू गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ५९ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको