जेलेन्स्की र मोदीबीच टेलिफोन वार्ता « Khabarhub

जेलेन्स्की र मोदीबीच टेलिफोन वार्ता


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा जेलेन्स्कीले सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा मोदीसँग व्यक्तिगत रूपमा भेट्ने प्रस्ताव राखेका छन् ।

युक्रेन र रूसबीच युद्ध भइरहेको अवस्थामा यो टेलिफोन वार्तालाई महत्वपूर्ण मानिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार जेलेन्स्कीले भारतको तटस्थ भूमिकाको प्रशंसा गर्दै शान्ति स्थापनाका लागि सहयोग मागेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार युक्रेनले भारतसँग कूटनीतिक र मानवीय सहायता बढाउन चाहेको बताइएको छ ।

प्रधानमन्त्री मोदीले भारत युक्रेनमा सदैव शान्तिको पक्षमा रहेको बताउँदै मानवीय सहायता प्रदान गर्न तयार रहेको जवाफ दिएका थिए । उनले युद्धको चाँडो अन्त्य होस् भन्ने भारतको चाहना रहेको पनि दोहोर्‍याए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ३० बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको