पूर्व महान्यायाधिवक्ता संग्रौलाकाे प्रश्न– ‘के संविधान खारेज गर्नु उचित हुन्छ ?’ « Khabarhub

पूर्व महान्यायाधिवक्ता संग्रौलाकाे प्रश्न– ‘के संविधान खारेज गर्नु उचित हुन्छ ?’


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय कानूनका जानकार एवं पूर्व महान्यायाधिवक्ता प्राध्यापक डा. युवराज संग्रौलाले नेपालको संविधानमा केही कमजोरी रहे पनि मुलुकको राजनीतिक परिवर्तित अवस्थामा त्यसलाई जोगाएर सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत ‘के संविधान खारेज गर्नु उचित हुन्छ ?’ भन्दै अहिले नै संविधान खारेज गर्नुपर्छ भनी उठाइरहेको मागले मुलुकलाई घातक मार्गमा लैजाने दाबी गरेका छन् ।

उनले लेखेका छन्– ‘अहिले हामीसँग संविधान छ । संसद भंग भएपनि संविधान रहेसम्म राष्ट्रपति र सभामुख रहन्छन् । संविधानमा अध्यादेशबाट संशोधन गरेर सरकार चलाउन र निर्वाचन सम्पन्न गर्न सकिन्छ । अतः केही मानिसले अहिले नै संविधान खारेज गर्नुपर्छ भनी उठाइरहेको मागले राष्ट्रलाई घातक मार्गमा लैजाने छ । तेसो भयो भने हाम्रो डुंगा पल्टिने छ।’

डा. संग्रौलाले जेन–जी पुस्तासहित सम्पूर्ण नेपालीलाई गम्भीर भएर सोच्न आग्रह गर्दै संविधान जोगाउनु पहिलो अभिभारा रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्– केही बाहिरी शक्ति यो संविधान आउनै नदिने पक्षमा थिए । तर पनि यो आयो । ठूलो दबाबका माझबाट आएको हुँदा यसमा धेरै गल्ती भए । अतः सच्याउने कुराहरु धेरै छन् । त्यो अब हुने निर्वाचनपछि बन्ने संसदले गर्नेछ र त्यसले अहिलेको पुस्ताको प्रतिनिधित्व पनि गर्नेछ। तसर्थ अहिले संविधान खारेज गर्नु भनेको जेन–जी को होइन अरुकै स्वार्थ पुरागर्ने योजना कार्यान्वयन गर्नु हो।’

उनले हामी सबै उर्लिँदो भलबाडीमा डुंगा को यात्रामा रहेको उल्लेख गर्दै डुंगा जोगाउन सकेनौँ भने हाम्रो यात्रा र ज्यान दुवै सकिने बताएका छन् । उनले भने, ‘यो डुंगा हाम्रो देश हो। हामीले सतर्क हुनुपर्छ।’

जेन–जीको आन्दोलनलाई संदिग्ध मानिसहरुले हाइज्याक गरेर लुटपाटमा बदलेको उनको ठम्याइ छ । उनले जेन–जीको आन्दोलनमा व्यापक घुसपैठ भएको भन्दै सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय लगायत जलाएर देशलाई बर्बाद पार्ने तत्वले संविधान नै मास्ने योजना बनाइरहेकाले यसतर्फ सचेत हुन आग्रह गरेका छन् ।

उनले लेखेका छन्– ‘अहिले हामीसँग केही छैन । सिंहदरबार जलाइयो, संसद जलाइयो, सर्वोच्च अदालत पनि जलाइयो । प्रहरी कार्यालयहरु सबै जलाइए । अर्थात देशलाई बर्बाद पार्ने तत्वको व्यापक घुसपैठ भएको थियो । यसबाट हाम्रो देशका विरुद्ध कोही सक्रिय भएको छ । यो कुरा हामीले दिमाखमा राखेर मात्र सबै कुरा सोच्नु पर्छ ।’

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ९ : २२ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट