अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा सुरु गर्न राष्ट्र बैंकको निर्देशन « Khabarhub

अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा सुरु गर्न राष्ट्र बैंकको निर्देशन


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको छ ।

बिहीबार बिहान एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई यस्तो निर्देशन दिएको हो ।

देशको सुरक्षा कमाण्ड हातमा लिएको नेपाली सेनाले पछिल्लोपटक जारी गरेको विज्ञप्तिअनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गर्न भनिएको छ ।

अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सिसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन र सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन पनि केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचना :

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : ०३ बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले