राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग गर्दै नेविसंघको प्रदर्शन « Khabarhub

राष्ट्रपति पौडेललाई सार्वजनिक गर्न माग गर्दै नेविसंघको प्रदर्शन


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका छन् । 

उनीहरूले बिहीबार नयाँ बानेश्वर क्षेत्रमा राष्ट्रपति पौडेलको पछिल्लो स्थिति सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । 

नेविसंघका नेता शिव रिमालको फेसबुक अकाउन्टमा साझा गरिएको प्रदर्शनको भिडियोमा विद्यार्थीहरू संविधानको रक्षा गर्नुपर्ने, सर्वदलीय बैठक आह्वान गरिनुपर्ने लगायतका नारा लगाइरहेको देखिन्छ । 

जेनजी पुस्ताले गत मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेपछि आक्रोशित भीडले बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आगजनी गरेका थिए।

आन्दोलनकारी शीतलनिवास प्रवेश गरेपछि नेपाली सेनाले आफ्ना परमाधीपति पौडेललाई सुरक्षित स्थानतर्फ लगेको थियो। राष्ट्रपतिलाई सेनाले शिवपुरीमा रहेको आफ्नो ब्यारेकमा राखेको भनिए पनि औपचारिक रूपमा यसबारे केही जानकारी सार्वजनिक गरेको छैन।

त्यस्तै राष्ट्रपति पौडेलको सचिवालयले पनि औपचारिक रूपमा यसबारे मुख खोलेको छैन। सेना र सचिवालयबाट पछिल्लो अवस्थाका बारेमा औपचारिक जानकारी बाहिर नआएपछि सामाजिक सञ्जालमा उनको खोजी भइरहेको छ। उनीहरू लेखिरहेका छन्, ‘ राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर।’

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १२ : २६ बजे

स्थानीय निर्वाचनअघि महाधिवेशन : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा

इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलामलाई यस पटक विशेष चासोसाथ

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक