स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा « Khabarhub

स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै थापाले उम्मेदवार छनोटको पुरानो अभ्यास अन्त्य हुने दाबी समेत गरेका छन् ।

‘अब स्थानीय र प्रदेशको चुनाव अघिनै पार्टीको अधिवेशन हुनेछ, अधिवेशनबाट चुनिएको कार्यसमितिले उम्मेदवारको टिकट प्राइमरी इलेक्सनबाट वडाका साथीहरूले छान्नुहुन्छ,’ उनले भने ।

टिकटका लागि अब पार्टी नेतृत्व रिझाउनुपर्ने राजनीतिक संस्कारको अन्त्य भएकोमा कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे ।

‘यो बदलिएको कांग्रेस हो, यहाँ पार्टी सभापतिको अँध्यारो कोठामा कोहीसँग पनि अप्राकृतिक सम्बन्ध हुँदैन,’ उनले भने ।

सभापति थापाले कांग्रेसभित्र गुटबन्दी र ६०/४० को भागबण्डा समाप्त भएको दाबी गर्दै समान व्यवहारको सिद्धान्तमा पार्टी अघि बढ्ने बताए ।

‘सुधारिएको कांग्रेस पार्टीमा अब कुनै गुट छैन, कांग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन, सबैलाई समान व्यवहार गर्नेगरी पार्टी चल्छ,’ उनले भने ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १२ : ०७ बजे

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका