गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह « Khabarhub

गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेन-जी’ क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको ठहर गरेको छ । 

आन्दोलनले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्रै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्ने काम गर्न आग्रह गरेको छ ।

‘संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेन-जी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पूरा गरोस्’, आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ । आन्दोलनले नागरिकको सङ्घर्षको बलमा स्थापित गणतन्त्र र धर्मनिरपेक्षतालाई थप बलियो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याएको छ ।

अब बन्ने नागरिक सरकारलाई वर्तमान संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कता साथ अघि बढ्न खबरदारी गर्नुपर्ने उल्लेख गर्दै आन्दोलनले यस विषयमा जेन-जीलाई जस्तोसुकै साथ दिन नागरिक समाज तयार रहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १ : ४१ बजे

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने

कांग्रेसले फागुन २१ को चुनावका लागि देशभर केन्द्रीय संयन्त्र परिचालन गर्ने

काठमाडौं– आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली

माओवादीका राजेश लामा एमाले प्रवेश

काठमाडौँ – नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष