सुशीला कार्की भन्छिन्- मोदीजीको कार्यशैलीबाट प्रभावित छु, भारतसँग मेरो आत्मीय सम्बन्ध छ « Khabarhub

सुशीला कार्की भन्छिन्- मोदीजीको कार्यशैलीबाट प्रभावित छु, भारतसँग मेरो आत्मीय सम्बन्ध छ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनको जोडबल र पहलमा नयाँ सरकार गठन पहल भइरहेका बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिने तयारी गरेकी छन् ।

त्यसकै लागि बुधबार र बिहीबार जंगीअड्डामा वार्ता चलेको छ। यसबीचमा पूर्वप्रधानन्यायाधीश कार्की नेपालदेखि भारतसम्मका सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिइरहेकी छन् ।

उनले एक अन्तर्वातार्तामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेकी छन् । उनले बुधबार एक भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गरेकी छन् ।

उनले आफू मोदीसँग धेरै नै राम्रोसँग प्रभावित भएको पनि बताएकी छन् ।

‘म भारतलाई धेरै सम्मान र माया गर्छु । मोदीजीको कार्यशैलीबाट म प्रभावित छु’, कार्कीले भर्चुअल अन्तर्वार्तामा भनेकी छन्, ‘भारतले नेपाललाई धेरै सहयोग गरेको छ । अहिले नेपालको अवस्था कठिन छ । हामी नेपालको विकासको लागि काम गर्नेछौँ । हामी देशको लागि नयाँ सुरुवात गर्नेछौँ ।’

कार्कीले उक्त अन्तर्वार्तामा नयाँ जिम्मेवारी लिन तयार रहेको पनि बताएकी छन् ।

नेपालमा सोमबार र मंगलबार भएको उथलपुथलपूर्ण आन्दोलनको नेतृत्व गरिरहेको जेनजी समूहले केही समयका लागि आफूलाई अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेको उनले बताएकी छन् ।

सुशीलाले हिन्दीमा दिएको अन्तर्वार्ताको नेपाली सार

पत्रकार : प्रधानमन्त्री मोदीजीलाई तपाईं केही भन्न चहानु हुन्छ ?
पहिलो कुरा म मोदीजीलाई सर्वप्रथम् यहीँबाट नमस्कार गर्छु । म…म… उहाँबाट राम्रोसँग प्रभावित छु । दोस्रो कुरा, यो छ कि अहिले मेरो नाम प्रस्ताव गरिएको छ। तर अझै पनि मेरो नाममा टुंगो भइसकेको छैन। भोलि परिवर्तन हुन पनि सक्छ । यसबारेम केही भन्न सक्दिनँ । मेरो नियुक्त भोलि नै हुने कुरामा म केही भन्न सक्दिनँ । यो कुरा म अहिले यस्तो हुन्छ भनेर भन्न सक्दिनँ । अहिले कुनै टुंगो छैन । भोलि परिवर्तन पनि हुन सक्छ ।

म कुनै बेला भारतमा रहँदाको समयमा भारतीय नेताहरूसँग एकदमै प्रभावित भएकी छु । त्यसबेलामा जब म भारतमा थिएँ, शरदजी त मेरा भाइजस्तै थिए । अहिले उनी यो संसारमा छैनन् । र, मोहनजी अहिले पनि छन्, उनीसँग पनि मेरो बहुतै राम्रो सम्बन्ध छ । बहुत धेरै मानिसहरू भारतमा मेरा साथीका रुपमा छन् ।

हामी उनीहरूलाई आफ्नै भाइ र बहिनीसरह मान्छौँ । उनीहरू यहाँ आउँदा पनि हामीसँग भेट्छन् । कुराकानी भइरहन्छ । हामी पनि भारतमा जाँदा उनीहरूसँग मिल्छौँ । आफनै हिनीसरह हाम्रो सम्बन्ध छ । हामी एकअर्कालाई त्यसैगरी मान्छौँ । मेरा पति दुर्गा सुवेदी कयौँ दिन भारतमै रहनु भएको थियो । त्यसबेला हामीले बनाएका धेरै साथीहरूसँग भेट्ने काम भइरहन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  २ : २७ बजे

‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार

मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि

बाढीले थला परेको रोशीमा छैन चुनावी चहलपहल (तस्बिरहरू)

काठमाडौं– अहिले देशभर चुनावी माहौल छाएको छ ।  नयाँ पुस्ता