जनकपुरधामको सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या | Khabarhub Khabarhub

जनकपुरधामको सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरमा भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा भएको प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी भएपछि सेवा प्रभावित भएको छ । 

‘जेनजी’ पुस्ताका नाममा भएको सो प्रदर्शनमा जनकपुरका सरकारी कार्यालयहरूमा तोडफोड एवं आगजनी हुँदा सेवा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । 

स्थानीय जनतालाई दैनिक प्रत्यक्ष रूपमा सेवा दिने सङ्घीय, प्रदेश तथा  स्थानीयअन्तर्गत निकायका कार्यालयहरूको कम्प्युटर, इन्टरनेट सेवा तथा फाइलहरूमा आगलागी तथा तोडफोड भएपछि सेवा प्रभावित भएको धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।  

कर्मचारीहरु कार्यालय पुगे पनि काम गर्न सक्ने अवस्था नभएको र यथाशक्य कामकाजलाई सहज बनाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले स्पष्ट गरे। उनका अनुसार अधिकांश कार्यालयहरू जलेर कालो भएका, फर्निचर क्षतिग्रस्त अवस्थामा रहेका, कार्यकक्षका कम्प्युटर एवं दराजसहित कार्यालयका सवारी साधन आगोले जलेका अवस्थामा देखिन्छ । 

प्रदर्शनका क्रममा जनकपुरमा एक दर्जनभन्दा बढी कार्यालहरुमा क्षति पुगेको छ । यस्तै विभिन्न पार्टीका कार्यालय भवन, सार्वजनिक भवन तथा पार्टीका नेताहरूको घरमा समेत आगजनी भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । 

धनुषा जिल्लामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी आचार्यले आगलागीले कार्यालयहरूमा रहेका कम्प्युटर, कुर्सीटेवल, दराज, सोफा, महत्त्वपूर्ण फाइल तथा महत्त्वपूर्ण दस्ताबेजहरू पूर्ण रूपमा जलेर नष्ट भएकाले कार्यालयहरूको कार्य सञ्चालनमा समस्या देखिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । 

प्रदर्शनकारीका कारण जनकपुरधामस्थित जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात कार्यालय, भन्सार कार्यालय, जिल्ला ट्राफिक कार्यालय, प्रहरी चौकीहरू, मधेस प्रदेश भवनभित्र रहेका मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, सिँचाइ मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, मधेस प्रदेश सरकारको कृषि मन्त्रालयसहितका सरकारी कार्यालयको कामकाज प्रभावित भएको देखिन्छ । 

यसैगरी प्रदेशसभा भवन, जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडा तथा नेताका भवन, सार्वजनिक भवन तथा विभिन्न पार्टीका कार्यालय भवनमा आगो लगाएर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाका नायब प्रहरी उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए ।

 यसैबीच धनुषा जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरू आज पनि बन्द रहेका छन् ।  यसबाट समग्र जिल्लावासीको जनजीवन प्रभावित भएको छ । जिल्लामा शान्ति सुरक्षा, अमनचयन कायम गर्नका लागि नेपाली सेनाले ठाउँ ठाउँमा सुरक्षाका लागि अनुगमन तथा ‘माइकिङ’ गरिरहेको पाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ३ : ११ बजे

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर

‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’

काठमाडौं– नेपालका लेखक तथा राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको

यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवम् प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल