महेश बस्नेतले भने- हामी सम्पत्ति जलेको सहुँला देशले हार्नु हुन्न  « Khabarhub

महेश बस्नेतले भने- हामी सम्पत्ति जलेको सहुँला देशले हार्नु हुन्न 


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो सम्पत्ति जलेको सहने बताएका छन् । उनले सामाजिक सञ्जालमा हाम्रो सम्पत्ति जलेको सहुँला, जित कोसले हात पार्‍यो, मतलब भएन, तर देश हार्न हुँदैन । सबै सचेत बनौँ भन्दै लेखेका छन् । 

उनले पुरानो दलको ठूलो कमजोरी भएकोसमेत स्वीकार गरेका छन् । ‘पटक–पटक भएका आन्दोलन र परिवर्तनहरूले विकास र समृद्धि ल्याएका हुन, जनताको जीवनस्तर सुधारिएकै हो। तर भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, विकृति हटाउन नसक्नु पुरानो दलको ठूलो कमजोरी रह्यो ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनले भने, ‘जेनजीको आन्दोलन नियन्त्रण बाहिर गएको अवस्थाले बिसौँ खर्वको देश र जनताको संरचनाको भौतिक क्षति हजारौँ जेल जीवन बिताएका कैदीहरू भगाउने नियोजित प्लान सफल भयो र सर्वोच्च अदालत र अख्तियार जलाएर ठूला भ्रष्टाचारीलाई बच्ने अवसर दियो ।’

अब बन्ने अन्तरिम सरकारले ऊर्जा, जोस–जाँगर भएका, तर भ्रष्टाचारको कलंक नलागेका नेताहरू र सरोकार बालाहरूलाई अघि सारेर पुनर्निर्माणको व्यापक अभियान चलाउनु पर्ने बस्नेतले बताए । 

उनका अनुसार राज्यको संयन्त्र जति सक्दो छिटो सुचारु गर्न पर्दछ । लोकतन्त्र, संविधानवाद, विधिको शासन, स्वतन्त्र न्यायपालिका जस्ता आधारभूत मान्यतामाथि कुनै हालतमा चोट पुग्न दिनु हुँदैन । किनकि विदेशी योजनामा अराजक भिड परिचालन गर्नेहरूले जिते भने देश हार्ने छ ।

‘हिजो सत्ताले विवेक गुमायो,अनियन्त्रित आन्दोलनकारीले विवेक गुमाए, देश ध्वस्त बनाए । यो जटिलतामा विवेक पुर्‍याउन सकिएन भने विदेशी हस्तक्षेप बढाउने र राजतन्त्र पुनः स्थापित गर्ने षड्यन्त्रको बाटो  खुल्नेछ। लोकतन्त्र समाप्त हुनेछ । त्यस्तो भयो भने हार्ने आखिर देश नै हो । मर्ने हाम्रै सन्तान हुन् । जल्ने नेपाली कै सम्पत्ति हो । हाम्रो सम्पत्ति जलेको सहुँला, जित कोसले हात पार्‍यो, मतलब भएन, तर देश हार्न हुँदैन । सबै सचेत बनौँ । परि आय संघर्ष गर्न तयार होउँ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ३ : ५० बजे

काठमाडौंका फुटपाथमा काम गरेर खाने मजदुरको गाँस खोसिँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल

देउखुरी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ

‘सुधारिएको कांग्रेसले जनता र राज्य दुवैलाई न्याय दिन्छ’

काठमाडौं– नेतृत्व परिवर्तन गरेर आएको कांग्रेस नै नयाँ पार्टी भएको

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू