विद्यार्थीले गरे कर्फ्यूको अवज्ञा, त्रिचन्द्र अगाडि संयुक्त प्रदर्शन « Khabarhub

विद्यार्थीले गरे कर्फ्यूको अवज्ञा, त्रिचन्द्र अगाडि संयुक्त प्रदर्शन


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न राजनीति दलका भ्रातृ संगठनहरू कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका छन् । त्रिचन्द्र बहुमुखी क्याम्पस, स्ववियुको आह्वानमा विद्यार्थी संगठनहरू कफ्र्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

विद्यार्थी संगठनहरू अहिले त्रिचन्द्र बहुमुखी क्याम्पस नजिक प्रदर्शन गरिरहेका छन् । यसअघि स्ववियु अध्यक्ष गोविन्द कोइरालाले सामाजिक सञ्जालमार्फत् सूचना गरेर सबै संगठनहरुलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए ।

‘हामी इतिहासको गम्भीर मोडमा उभिएका छौँ । वर्तमान परिस्थितिले हामी सबैको दायित्व संविधान जोगाउनेमा सबै एकजुट भएर अग्रणी भूमिमा निर्वाह गर्नुपर्ने छ,’ सूचनामा भनिएको थियो, ‘त्यसैले सम्पूर्णको सल्लाहले निम्न स्थानमा आन्दोलनको तयारी भएको हुँदा उपथितिका लागि हार्दिक अपिल गर्दछु ।’

सूचनामा बेलुकी ५ बजे प्रदर्शनको समय उल्लेख थियो । तर, विद्यार्थी संगठनहरू निर्धारित समयभन्दा एक घण्टा अगावै कफ्र्यका बीच सडमा उत्रिएका हुन् ।

यसअघि नेविसंघले निषेधाज्ञाका बीच सानो–सानो समूहका काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ४ : १८ बजे

स्थानीय निर्वाचनअघि महाधिवेशन : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा

इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलामलाई यस पटक विशेष चासोसाथ

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक