संवाद र सहमतिबाट मात्रै देशलाई अगाडि लैजान सकिन्छ : विद्यार्थी नेताहरू « Khabarhub

संवाद र सहमतिबाट मात्रै देशलाई अगाडि लैजान सकिन्छ : विद्यार्थी नेताहरू


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूको नेतृत्व गरिसकेका नेताहरूले वृहत् राजनीतिक संवाद र सहमतिमार्फत् मात्रै देशलाई अग्रगामी दिशामा लैजान सकिने निष्कर्ष निकालेका छन् । 

उनीहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर पछिल्लो राजनीतिक घटनापछि मुलुकलाई अग्रगामी दिशामा लैजाने उपाय वृहत् राजनीतिक संवाद र सहमतिमात्रै हुन सक्ने निष्कर्ष सार्वजनिक गरेका हुन् । 

‘देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरू तथा आम जनताका मागको सम्बोधन, जनचाहनाअनुरूप संविधान संशोधनलगायतका कार्यहरू वृहत् राजनीतिक संवाद र सहमतिमार्फत् मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौँ,’ उनीहरूले भनेका छन् । 

विद्यार्थी संगठनहरूका पूर्व अध्यक्षहरूले संसद् विघटन, राष्ट्रपतिको राजीनामा, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनजस्ता प्रतिगामी मागविरुद्धमा सडक संघर्षमा उत्रिनका लागि तयार रहन युवा र विद्याथीहरूलाई अपिल पनि गरेका छन् । 

जेन–जी आन्दोलनका क्रममा गोली हानेर हत्या गरिएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उनीहरूले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् । 

‘उक्त हत्याकाण्डमा संलग्न व्यक्तिहरू र भदौ २४ गते राष्ट्रको सम्पत्ति जलाउने, जनधनको क्षति पुर्‍याउने, लुटपाट गर्ने सम्पूर्ण व्यक्तिहरूलाई कारबाही गर्न शक्तिशाली स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ४ : ३८ बजे

स्थानीय निर्वाचनअघि महाधिवेशन : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा

इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलामलाई यस पटक विशेष चासोसाथ

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक