बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप « Khabarhub

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको भूमिकाको आलोचना गरेका छन् ।

मेयर साम्पाङले बालेनमाथि संकटको बेलामा लुकेर सडकमा आउन नसक्ने डरफोकको संज्ञा दिएका छन् ।

जेन-जीको आन्दोलन सफल भएपछि अन्तरिम सरकार गठनको लागि नेपाली सेनाले पहल लिएको बेलामा हर्क काठमाडौँ आएका छन् । दिएमा उनी आफैँ प्रधानमन्त्री हुन्छु भन्दै हिँडेका छन् । तर उनलाई सेनाले पत्याउने सम्भावना छैन।

उनले बुधबार जंग्गी अड्डामा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरे । जेन-जी युवाहरूले बोलाएर देशको नेतृत्व लिन काठमाडौँ आएको पनि उनले बताए ।

बिहीबार फेसबुकमार्फत बालेनको नाम नलिई हर्कले कडा आलोचना गरेका हुन् । ‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोख, आफूलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइ पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास’, उनले भनेका छन् ।

युवा पुस्ताले बालेनलाई सरकारको नेतृत्व लिन सुझाएका छन् । तर, बालेनले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् । उनले अहिले प्रधानमन्त्रीको लागि दाबी गरिरहेका हर्कलगायतलाई पाँच वर्षसम्म काम गर्नेगरि तयारी गर्न भनेका छन् ।

बालेन आफैं पनि नयाँ दल खोले राजनीतिमा आउने तयारीमा छन् । उनी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने लोभमा अन्तरिम सरकारमा आउन नचाहेका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ५ : ४३ बजे

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो

पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व गर्ने सम्भावना कति ?

काठमाडौं- करिब दुई वर्षसम्म होल्ड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत

अमिषाले बोलेको कुरामा आमालाई बोलाएर लिखित माफी मगायो साइबर ब्यूरोले

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा प्रसारित एक अभिव्यक्तिप्रति