शेयर कारोबार केही समयका लागि बन्द गर्न ५ संगठनको माग  « Khabarhub

शेयर कारोबार केही समयका लागि बन्द गर्न ५ संगठनको माग 


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुँजी बजारका विभिन्न ५ संगठनले राजनीतिक अवस्था स्थिर नहुँदासम्म लागि धितोपत्र कारोबार स्थगित गर्न माग गरेका छन् । संगठनहरुले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै बजार केही समयका लागि बन्द गर्ने अनुरोध गरेका हुन् । 

‘यही विषम परिस्थितिलाई मध्यनजर गर्दै आम लगानीकर्ताहरुको भावना र पूँजीबजारको बृहत्तर हितका लागि यो पत्र लेख्न हामी बाध्य भएका छौं’, पत्रमा ५ संगठनले भनेका छन्, ‘बजारमा अनावश्यक बिक्री चाप –पेनिक सेलिङ) सिर्जना भई समग्र पूँजीबजार नै धराशायी सक्ने जोखिम बढेको छ । यसले विशेषगरी साना र नयाँ लगानीकर्ताहरूलाई अपूरणीय क्षति पुर्‍याउन सक्छ । तसर्थ, पूँजीबजारको स्थायित्व र लाखौं लगानीकर्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै, हाललाई केही समयका लागि कारोबार स्थगित गर्नु नै एक मात्र विवेकपूर्ण विकल्प देखिन्छ ।’

लगानीकर्ताहरूले उठाएका मागहरू पूरा गर्ने सम्बन्धमा धितोपत्र बोर्डले द्रुत गतिमा काम अगाडि बढाउनको लागि ५ संगठनले माग गरेका छन् । 

यस्तो माग गर्नेमा नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा केशव प्रसाद श्रेष्ठ, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रशाश रजौरे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दिपक कार्की रहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ६ : ५२ बजे

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क