शेयर कारोबार केही समयका लागि बन्द गर्न ५ संगठनको माग  « Khabarhub

शेयर कारोबार केही समयका लागि बन्द गर्न ५ संगठनको माग 


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुँजी बजारका विभिन्न ५ संगठनले राजनीतिक अवस्था स्थिर नहुँदासम्म लागि धितोपत्र कारोबार स्थगित गर्न माग गरेका छन् । संगठनहरुले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै बजार केही समयका लागि बन्द गर्ने अनुरोध गरेका हुन् । 

‘यही विषम परिस्थितिलाई मध्यनजर गर्दै आम लगानीकर्ताहरुको भावना र पूँजीबजारको बृहत्तर हितका लागि यो पत्र लेख्न हामी बाध्य भएका छौं’, पत्रमा ५ संगठनले भनेका छन्, ‘बजारमा अनावश्यक बिक्री चाप –पेनिक सेलिङ) सिर्जना भई समग्र पूँजीबजार नै धराशायी सक्ने जोखिम बढेको छ । यसले विशेषगरी साना र नयाँ लगानीकर्ताहरूलाई अपूरणीय क्षति पुर्‍याउन सक्छ । तसर्थ, पूँजीबजारको स्थायित्व र लाखौं लगानीकर्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै, हाललाई केही समयका लागि कारोबार स्थगित गर्नु नै एक मात्र विवेकपूर्ण विकल्प देखिन्छ ।’

लगानीकर्ताहरूले उठाएका मागहरू पूरा गर्ने सम्बन्धमा धितोपत्र बोर्डले द्रुत गतिमा काम अगाडि बढाउनको लागि ५ संगठनले माग गरेका छन् । 

यस्तो माग गर्नेमा नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा केशव प्रसाद श्रेष्ठ, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रशाश रजौरे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दिपक कार्की रहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ६ : ५२ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी