आईजीपी खापुङले भने : प्रहरी उच्च मनोबलका साथ अघि बढ्नुपर्छ « Khabarhub

आईजीपी खापुङले भने : प्रहरी उच्च मनोबलका साथ अघि बढ्नुपर्छ


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला प्रहरीहरूलाई अझै उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरेका छन्।

बिहीबार साँझ सार्वजनिक भिडियो सन्देशमार्फत खापुङले प्रहरी सेवामा व्यावसायिक धर्म र निष्ठा नै आधारभूत मूल्य भएकाले त्यसमा कुनै कमजोरी आउन नदिन निर्देश दिए। उनले भने, “वर्तमान चुनौतीपूर्ण अवस्थालाई दायित्व र शालीनतापूर्वक सामना गर्न आवश्यक छ।”

सो क्रममा उनले गत सोमबार र मंगलबार भएका जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत प्रकट गरे।

जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचारविरुद्ध, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध तथा सुशासनको मागसहित व्यापक प्रदर्शन गरेका थिए। ती प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गरे भने मुलुकले ठूलो जनधनको क्षति पनि भोग्नु परेको छ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ९ : ४६ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले