राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै « Khabarhub

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच अहिले भेटवार्ता हुँदै छ ।

यो भेटवार्ताबारेको पुष्टि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो सचिवालयका सदस्यहरूलाई गराएका छन्।

सुशीलाले पनि आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेका बालेनलाई पनि यसबारे जानकारी गराएको स्रोतले जनाएको छ । राष्ट्रपति पौडेल अहिले महाराजगञ्जमै छन् । दुईजनाबीच त्यहीँ भेटवार्ता हुने तयारी भएको हो ।

यता जेन-जी युवाहरूको समूहले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीलालाई आजै राति ११ बजेभित्र नियुक्त गरिसक्न पनि अल्टिमेटम दिएका छन् ।

बिहीबार बिहान नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले वक्त्व्य निकालेसँगै ती दलका कार्यकर्ताहरू विभिन्न स्थानमा सडकमा उत्रिए ।

नाराबाजीसहित उनीहरू उत्रिन थालेपछि सुरक्षाको कमान्ड सम्हालेको सेना दबाबमा परेको थियो । अर्कातिर जेन-जी युवाहरू विभिन्न व्यक्तिको पक्षमा विभाजित भएर जंगीअड्डाकै सामुन्ने दिभर हल्ला र कुटाकुटसमेत गरे ।

एकातिर दलका कार्यकर्ताको सडकमा प्रदर्शन र अर्कातिर जेन-जीबीचको तनावले दबाबमा परेको सेनाले बाहिरका जिल्लाबाट पनि फोर्स झिकाएको छ । रात्रि गस्तीका लागि समेत सेनाले आवश्यक बन्दोवस्तीसहितका सेना उपत्यकामा उतारेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  १० : ५१ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल