राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै « Khabarhub

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच अहिले भेटवार्ता हुँदै छ ।

यो भेटवार्ताबारेको पुष्टि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो सचिवालयका सदस्यहरूलाई गराएका छन्।

सुशीलाले पनि आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेका बालेनलाई पनि यसबारे जानकारी गराएको स्रोतले जनाएको छ । राष्ट्रपति पौडेल अहिले महाराजगञ्जमै छन् । दुईजनाबीच त्यहीँ भेटवार्ता हुने तयारी भएको हो ।

यता जेन-जी युवाहरूको समूहले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीलालाई आजै राति ११ बजेभित्र नियुक्त गरिसक्न पनि अल्टिमेटम दिएका छन् ।

बिहीबार बिहान नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले वक्त्व्य निकालेसँगै ती दलका कार्यकर्ताहरू विभिन्न स्थानमा सडकमा उत्रिए ।

नाराबाजीसहित उनीहरू उत्रिन थालेपछि सुरक्षाको कमान्ड सम्हालेको सेना दबाबमा परेको थियो । अर्कातिर जेन-जी युवाहरू विभिन्न व्यक्तिको पक्षमा विभाजित भएर जंगीअड्डाकै सामुन्ने दिभर हल्ला र कुटाकुटसमेत गरे ।

एकातिर दलका कार्यकर्ताको सडकमा प्रदर्शन र अर्कातिर जेन-जीबीचको तनावले दबाबमा परेको सेनाले बाहिरका जिल्लाबाट पनि फोर्स झिकाएको छ । रात्रि गस्तीका लागि समेत सेनाले आवश्यक बन्दोवस्तीसहितका सेना उपत्यकामा उतारेको हो ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १० : ५१ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले