सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ « Khabarhub

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले वर्तमान परिस्थितिलाई गम्भीर भन्दै जंगी अड्डाले नेपालको वास्तविकता र अग्रगमनलाई चुनौती दिएको आरोप लगाएका छन् ।

सांसद सापकोटाले‍ नेपाली सेनाले राष्ट्रिय संकट निम्त्याएको आरोप पनि लगाएका छन्।

‘जस्तोसुकै संकटमा पनि हामी विचलित हुँदैनौँ, नेपाली जनताको सार्वभौमिकताको रक्षाका लागि निरन्तर लडिरहनेछौँ’, उनले भने । सापकोटाले पार्टीका सबै सदस्य र अग्रगमनका पक्षधर नागरिकलाई धैर्य र साहस कायम राख्न आह्वान गरेका छन् ।

सुवोधले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रत्येक दिन जनताबीच ल्याउने प्रयास गरे पनि सुरक्षा खतराको बहानामा जंगी अड्डाले रोकेको दाबी गरे। ‘यो सत्य हो, जंगीअड्डाले उहाँलाई बाहिर निस्कन दिएको छैन,’ उनले भने।

सापकोटाले परिस्थितिलाई आधीबेहरीसँग तुलना गर्दै परिवर्तन र अग्रगमनको पक्षमा माओवादी सदैव अग्रपंक्तिमा रहने विश्वास दिलाए। उनले पार्टी समर्थक र कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : ३२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक