आज २०८२ साल असोज २५ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज २५ गते शनिबारको राशिफल


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज २५ गते शनिबार । कात्तिक कृष्ण पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर ११ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । आज धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट असहयोग हुनसक्छ । शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

वृष : दिन राम्रो छ । जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ । निजी तरिकाले लगानी गरेको भए फाइदा हुनेछ । सोचेको काम बन्नेछन् । परिवारको साथ सहयोग मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । थोरै बोलेर अघि बढ्नुपर्ने दिन छ । राम्रै बोलेपनि नराम्रो सुनिन सक्छ । राजनीति र सामाजिक क्षेत्रमा चासो नराख्नु उचित हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ ।

कर्कट : दिन राम्रो छ । राजनीतिमा बढुवा हुनेछ । तपाईंको काम चर्चा हुनेछ । स्वास्थ्य लाभ हुनेछ । स्वदेशमा भन्दा विदेशी रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ ।

सिंह : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । साथी र आफन्तसँग गोपनीयता कायम राख्नु उचित हुनेछ । नजिकैको तीर्थ यात्रा तय हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन राम्रो छ । अरुको विवादले तपाईंलाई फाइदा हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । परिवारको साथमा रमाइलो गर्ने दिन छ ।

तुला : दिन सामान्य छ । शत्रु बढ्नेछन् । तपाईंबाट फाइदा लिन खोज्नेहरु सक्रिय छन् । खानामा अरुची बढ्नेछ । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सामान्य छ । शत्रु बढ्नेछन् । कुरा काट्नेहरु सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने दिन छ । हरेक काममा परिवारको साथ सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।

धनु : दिन राम्रो छ । स्वास्थ्य, शिक्षामा प्रगति हुनेछ । लगानीको क्षेत्रमा जोश र जाँगर बढ्नेछ । कृषि र जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

मकर : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । हराएका सामान भेटिने सम्भावना छ । संकटमा साथीको लाथ मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार आउने छ । व्यापारमा फाइदा हुने योग छ ।

कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । विश्वास गरेको पात्रले धोका दिने जोखिम छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

मीन : दिन राम्रो छ । सहयोगी साथी बढ्नेछन् । उपचारमा भए स्वास्थ्यमा लाभ हुने दिन छ । परिवारको साथमा नजिकैको रमाइलो यात्रा तय हुनेछ । अग्रजको सुझावमा गरेको काम सफल बन्नेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ५ : ११ बजे

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ

हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत

काठमाडौं- नेपाल प्रहरीका एकजना बहालवाला हवल्दार नै राष्ट्रिय स्वतन्त्र पार्टीको

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन

फेरि समातिए दुर्गा प्रसाईं

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक

कांग्रेस सभापति बनेपछि गगन पहिलोपटक पोखरामा, मुख्यमन्त्री पाण्डेले गरे स्वागत

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा आएका छन् ।