आज २०८२ साल असोज २५ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असोज २५ गते शनिबारको राशिफल


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज २५ गते शनिबार । कात्तिक कृष्ण पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर ११ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । आज धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट असहयोग हुनसक्छ । शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

वृष : दिन राम्रो छ । जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ । निजी तरिकाले लगानी गरेको भए फाइदा हुनेछ । सोचेको काम बन्नेछन् । परिवारको साथ सहयोग मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । थोरै बोलेर अघि बढ्नुपर्ने दिन छ । राम्रै बोलेपनि नराम्रो सुनिन सक्छ । राजनीति र सामाजिक क्षेत्रमा चासो नराख्नु उचित हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ ।

कर्कट : दिन राम्रो छ । राजनीतिमा बढुवा हुनेछ । तपाईंको काम चर्चा हुनेछ । स्वास्थ्य लाभ हुनेछ । स्वदेशमा भन्दा विदेशी रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ ।

सिंह : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । साथी र आफन्तसँग गोपनीयता कायम राख्नु उचित हुनेछ । नजिकैको तीर्थ यात्रा तय हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन राम्रो छ । अरुको विवादले तपाईंलाई फाइदा हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । परिवारको साथमा रमाइलो गर्ने दिन छ ।

तुला : दिन सामान्य छ । शत्रु बढ्नेछन् । तपाईंबाट फाइदा लिन खोज्नेहरु सक्रिय छन् । खानामा अरुची बढ्नेछ । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सामान्य छ । शत्रु बढ्नेछन् । कुरा काट्नेहरु सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने दिन छ । हरेक काममा परिवारको साथ सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।

धनु : दिन राम्रो छ । स्वास्थ्य, शिक्षामा प्रगति हुनेछ । लगानीको क्षेत्रमा जोश र जाँगर बढ्नेछ । कृषि र जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

मकर : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । हराएका सामान भेटिने सम्भावना छ । संकटमा साथीको लाथ मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार आउने छ । व्यापारमा फाइदा हुने योग छ ।

कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । विश्वास गरेको पात्रले धोका दिने जोखिम छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

मीन : दिन राम्रो छ । सहयोगी साथी बढ्नेछन् । उपचारमा भए स्वास्थ्यमा लाभ हुने दिन छ । परिवारको साथमा नजिकैको रमाइलो यात्रा तय हुनेछ । अग्रजको सुझावमा गरेको काम सफल बन्नेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ५ : ११ बजे

कांग्रेस नेतृको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ राधादेवी कर्णको निधन भएको छ ।

खोटाङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेको चहलपहल बढ्यो

खोटाङ- जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन २१ गतेका

लहानमा मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

सिरहा- लहान नगरपालिकाको आर्थिक र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

बारा– घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक

यस्तो छ त्रिवि क्रिकेट मैदानको ताजा अवस्था (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको काम धमाधम भइरहेको छ