जुम्लामा नुन अभाव छैन : साल्ट ट्रेडिङ « Khabarhub

जुम्लामा नुन अभाव छैन : साल्ट ट्रेडिङ


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाले जिल्लामा नुनको अभाव नभएको जनाएको छ । जिल्लास्थित डिपोमा अहिले करिब ६ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिए ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि सदरमुकाम खलङ्गा बजारमा रहेको डिपोमा पाँच हजार ५०० क्विन्टल, सिङ्जा गाउँपालिकाको नराकोट डिपोमा एक हजार ५०० क्विन्टल र कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपोमा एक हजार ३०० क्विन्टल नुनको कोटा रहेको छ ।

उनले भने, ‘जिल्लामा नुनको अभाव रहेको छैन । जिल्लामा पर्याप्त मात्रमा नुन रहेको छ । दशैँको अवधिमा करिब ५४६ क्विन्टल नुन बिक्री भएको छ । यहाँका आठवटै स्थानीय तहका वडाको सिफारिसको आधारमा नुन वितरण हुने गरेको छ । वडाको मागबमोजिम नुन वितरण भइराखेको छ ।’

बितेका वर्षमा जिल्लामा करिब पाँच हजार ४०० क्विन्टलको हाराहारीमा कोटा हुने गरेको थियो । नुन उपभोक्तालाई पुर्‍याउन केही कठिन हुने गरेकोमा यस वर्षदेखि जिल्लाका लागि नुनको कोटा वृद्धि भएसँगै यहाँका उपभोक्तालाई सहजरूपमा नुन वितरण भइरहेको कार्यालय प्रमुख थापाले बताए ।

सदरमुकामसहित तीनवटै डिपोका लागि बाँकी कोटा नुनको ढुवानी भइरहेको छ । सबैभन्दा बढी चन्दनाथ नगरपालिका, गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाका उपभोक्ताले नुन लिने गरेको कार्यालयले जनाएको छ ।

जिल्लाका स्थानीय तहले वडाबाटै नुन वितरण गरेपछि यहाँका स्थानीयवासीलाई सहज भएको छ । (रासस)

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ६ : ५० बजे

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको