आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर « Khabarhub

आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दाङ– गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएको उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम पुनः सुरु गर्ने भएको छ ।

अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गर्ने र सुनुवाइ गर्ने कार्य सुरु हुनेछ । यसअघि बन्दीप्रत्यक्षीकरणको निवेदन लिने मात्रै कार्य भएको थियो ।

चालु अवस्थामा रहेका मुद्दाहरूको कामकारबाही एवं नयाँ पुनरावेदन पत्र दर्ता गरी सेवाप्रवाहलाई नियमित गर्ने सम्बन्धमा अर्को सूचना प्रकाशन गरेर मात्रै जानकारी दिइने रजिष्ट्रार बास्कोटाले बताए ।

जेनजीको आन्दोलनका क्रममा अदालतमा भएको आगजनीले नियमित सेवा अगाडि बढ्न सकेको थिएन । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ७ : ४० बजे

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष