प्रकाश सपुतको ‘हिट लिस्ट’मा खडेरी !  | Khabarhub Khabarhub

प्रकाश सपुतको ‘हिट लिस्ट’मा खडेरी ! 


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौमा फिल्म ‘हरिबहादुरको जुत्ता’को गीत सार्वजनिक कार्यक्रम नृत्य क्षमताको प्रशंसासहितको टिप्पणी पाउँदा प्रकाश सपुतले भनेका थिए, ‘जीवनमा केही त राम्रो चलेको रहेछ ।’
प्रकाशले अहिले आफ्नो प्रशंसा गरेको फेसबुक पोस्ट पनि सेयर गर्न थालेका छन् । यो किन भने र किन गरे ? यसको जवाफ प्रष्ट छ ।

उनका पछिल्ला कामले विगतमा जस्तो माइलेज दिएका छैनन् । अर्कातिर लगातार विवादमा पर्ने गरेका छन् ।

प्रकाशलाई झट्का हानेको फिल्म ‘वसन्त’ले हो । उनी यस फिल्मको लेखक, निर्देशक र शीर्ष नायक हुन् । उनकै ‘गलबन्दी प्रोडक्सन’को ब्यानरमा बनेको उक्त फिल्म उनको ड्रिम प्रोजेक्ट थियो । यही फिल्मबाट उनले लेखन र निर्देशनमा डेब्यू गरेका थिए ।

यो फिल्म व्यापारिक र समीक्षात्मकरूपमा असफल भएपछि प्रकाशले सार्वजनिक अन्तर्वार्तामा आफूलाई ‘मानसिक बेचैन’ बढेको बताउँदै आएका छन् ।

फिल्ममा प्रकाश नयाँ थिए । यसको व्यापारिक असफलतालाई नयाँ प्रयोगमा वा नयाँ उडानमा असफल भए भन्दा फरक पर्दैन । यो सामान्य प्रक्रिया नै हो ।

तर, फिल्मपछि उनी आफूले चर्चामा ल्याउने विधा सङ्गीतमा फर्किए । गत साउनमा ‘नाइँ भनेसी नाइँ’ गीत निकाले ।

विगतमा प्रकाशका गीतहरूले २४ घण्टा वरपर नै एक मिलियन भ्युज पाउँथ्यो । यो गीतले उक्त भ्युज पाउन करिब दुई साता लाग्यो । यहीँबाट उनको करिअर ‘डाउनफल’तर्फ लागेको विश्लेषण सुरु भएको हो ।

गायनलाई विश्राम दिएर प्रकाश फिल्म निर्माणमा लागे । त्यहाँ पनि असफल भए । फेरि गीतमा फर्किए, त्यसले पनि माइलेज दिएन ।

यतिले मात्रै उनको ‘करिअर ओरालो लाग्यो’ भन्ने टिप्पणी सुरु भएको होइन । उनी विवादमा पनि परिरहेका छन् ।

तत्कालीन प्रधानमन्त्रीको प्रशंसा गरेकाले उनी विवादमा परे । त्यसले उनको फिल्म ‘वसन्त’ बहिष्कार गर्नेसम्मको चर्चा भयो ।

त्यसअघि उनी र फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलसँगको विवाद सार्वजनिक भएको थियो ।

व्यवसायिक सम्झौताबारे भएको उक्त विवादले एक पक्षका लागि प्रकाश आलोचनाको पात्र बनेका थिए । 
पछिल्लो कुरा गर्ने हो भने उनको नायिका स्वस्तिमा खड्कासँग सम्बन्ध बिग्रिएको चर्चा चलेको थियो । अर्थात्, प्रकाश कामभन्दा नकारात्मक कुराले बढी चर्चामा आउन लागेका छन् ।

पहिला प्रकाशका सिर्जना चर्चा आउँथे तर, अहिले विवाद हाइलाइट हुन थालेका छन् ।

उनको पछिल्लो हिट सिर्जना गीत ‘बुझिनँ मैले’ । जुन ०८१ साल वैशाखमा प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’मा समावेश थियो ।

त्यसयता प्रकाश फिल्ममै व्यस्त रहे । स्टेज कार्यक्रममा पनि नगन्य देखिएका छन् । गरेका कामले पनि चर्चामा पाउन सकेनन् ।

यो अवधिमा उनी समावेश हिट प्रोजेक्ट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । सहायक भूमिकामा रहेकाले उनले यसको जस लिन पाएनन् । दर्शकले पनि दिएनन् ।

डाउनफल रोकिएन
एक कलाकारको करिअरमा हिट र फ्लपको प्रक्रिया चलिरहन्छ । निरन्तरता प्रमुख कुरा हो । 
यसलाई प्रकाशले आत्मसात् गरेको पाइन्छ । जे जस्तो विश्लेषण र टिप्पणी भए पनि प्रकाश चुपलागेर भने बसेका छैनन् ।

यो दशैँमा उनको अभिनय रहेको दुई फिल्म ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ प्रदर्शनमा आयो । 
उनको अर्को फिल्म ‘सोल्टिनी’ कात्तिक ६ बाट प्रदर्शनमा आउँदैछ । अर्को एक फिल्म ‘परालको आगो’को छायाङ्कनमा पनि उनी सहभागी भइसकेका छन् । यो फिल्ममा राम्रो व्यस्तता हो ।

तर, उनको फिल्म यात्रा सुखद हुन सकेको छैन । यो दशैँमा एकै मितिमा दुई फिल्म लागे । दुवैले व्यवसायिक रुपमा कमाल गर्न सकेनन् । प्रकाशलाई हिटको खाँचो थियो, त्यो पनि पूर्ति भएन ।

यसले झन् ‘करिअर ओरालो लाग्यो’ भन्ने टिप्पणीलाई प्रश्रय दिएको छ । टिप्पणी वा विश्लेषणको खण्डन कामबाटै गर्न उनी चुकेका छन् ।

‘हरिबहादुरको जुत्ता’मा उनी सहायक भूमिकामा छ । यो फिल्म सफल भएको भए पनि जस पाउने गरी उनको भूमिका छैन ।

सोहीकारण यसको असफलतालाई प्रकाशसँग जोड्न उचित नहुने देखिन्छ । तर, उनी जोडिएको फिल्म फ्लप भयो भन्दा अन्याय हुँदैन ।

अर्को कुरा सानै भूमिका भए पनि अभिनय क्षमताबाट चर्चामा पाउने स्थान सम्भावना उत्तिकै रहन्छ । ‘हरिबहादुरको जुत्ता’मा प्रकाशले यो सम्भावना सदुपयोग गर्न सकेनन् । न फिल्म सफल भयो न प्रकाशको चर्चा नै भयो ।

फिल्म ‘माइतीघर’ मा प्रकाश शीर्ष भूमिकामा छन् । यस अर्थमा यो फिल्म हिट वा फ्लपको जस उनीमै जान्छ ।

यो फिल्म व्यवसायिक रुपमा फ्लप भएको छ । समीक्षात्मक रुपमा पनि मध्यम सो सरह मानिएको छ । 
प्रकाशको अभिनयले यस फिल्मबाट पनि सकारात्मक प्रतिक्रिया पाउन सकेन ।

फ्लप लिस्ट लामो बन्यो 
दशैँ अगाडि प्रकाशको फ्लप प्रोजेक्टको लिस्टमा फिल्म वसन्त र गीत ‘नाइँ भनेसी नाइँ’ मात्रै थियो । 
यो दशैँले उनको फ्लप लिस्ट लामो बनाएको छ । अर्थात्, हिटको खडेरीमा उनले पानी पार्न सकेनन् । 
अब प्रकाशले फ्लप पोजेक्टको लिस्टमा ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ थपिएको छ । लिस्ट लामो बनेको छ ।

अब आगमी दिनमा प्रकाशलाई हिट प्रोजेक्ट पस्कन थप दबाब बढेको छ ।

अब उनको अगाडि फिल्म ‘सोल्टिनी’ हिट बनाउने अवसर छ । त्यो पनि फ्लप भए प्रकाशलाई फिल्ममा लिन मेकरहरुको संख्या घट्नु स्वाभाविक हुनेछ ।

त्यो भएको अवस्थामा उनको फिल्म यात्रा असफल सावित हुनेछ । फेरि गायनमै सीमित हुनुपर्ने अवस्था आउन सक्छ ।

तर, हिट–फ्लप स्वाभाविक घटना हुन् । यी दुवैलाई व्यवस्थापन गर्न नसके कलाकारको करिअर संकटमा पर्ने सम्भावना उत्तिकै रहन्छ ।

हेरौँ प्रकाशले अहिले ‘फ्लप’को खड्गोलाई कसरी व्यवस्थापन गर्लान् ?

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ८ : ०४ बजे

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

बारा– घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक

यस्तो छ त्रिवि क्रिकेट मैदानको ताजा अवस्था (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको काम धमाधम भइरहेको छ

कैलालीमा एक युवकको हत्या, टाउको बोकेर दुईजना पुगे प्रहरीमा 

कैलाली– कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको घोडाघोडी

डोटीमा गाडी दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

डोटी– डोटीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै

‘सरकारले भूमिहीनको जग्गा पाउने मौलिक हक खोस्यो’

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमि आयोग खारेज गरेर