‘सरकारले भूमिहीनको जग्गा पाउने मौलिक हक खोस्यो’ « Khabarhub

‘सरकारले भूमिहीनको जग्गा पाउने मौलिक हक खोस्यो’


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमि आयोग खारेज गरेर सरकारले लाखौँ भूमिहीनको जग्गा पाउने मौलिक हक पनि खारेज गरेको टिप्पणी गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अघिल्लो सरकारको नीति, कार्यक्रम, बजेट स्वीकार्य हुने तर त्यसै अन्तर्गत बनेको भूमि आयोग किन अस्वीकार्य भनेर प्रश्न समेत गरेका छन् ।

पोखरेलले आयोग खारेज गरेर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलित समुदायलाई संविधानले दिएको मौलिक हक खारेजी गर्नु सरहको भएको बताए ।

सरकारले केही दिन अघिको मन्त्रिपरिषद बैठकबाट भूमि आयोग खारेज गरेपछि लालपुर्जा पाउने तयारीमा रहेका हजारौँ सुकुम्बासीहरू निराश बनेका छन् ।

सरकारले असोज २३ गतेको मन्त्रिपरिषदबाट आयोग खारेज गर्ने निर्णय गर्दै सम्पूर्ण जिल्ला समितिहरू पनि खारेज गरेको जनाएको थियो ।

अघिल्लो सरकारले गतवर्ष कात्तिक १३ गते हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १० : ०३ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि