डोटीमा गाडी दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते « Khabarhub

डोटीमा गाडी दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् ।

अछामबाट धनगढीतर्फ गइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गको जोरायल गाउँपालिका– २ मा दुर्घटना अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको थियो । तीव्र गतिमा रहेकाले गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १० : २३ बजे

युद्ध समाप्तिका लागि इरानले राख्यो ६ शर्त

तेहरान– इरानले जारी युद्ध रोक्न विभिन्न ६ शर्त राखेको छ।

‘आँबाट आमा’को व्यापार १३ करोड नाघ्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आँबाट आमा’को व्यापार

युद्धको बीचमा तेल-ग्यासबाट इरानको रेकर्ड कमाई

तेहरान- अमेरिकार र इजरायलसँगको युद्धलाई इरानले अवसरमा बदलिदिएको छ। अमेरिकाले

२७० फरार प्रतिवादी पक्राउ, ३ करोड ३५ लाख बढी जरिवाना असुल

नेपालगन्ज– प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौं– अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि बढाइएका