कैलालीमा एक युवकको हत्या, टाउको बोकेर दुईजना पुगे प्रहरीमा  « Khabarhub

कैलालीमा एक युवकको हत्या, टाउको बोकेर दुईजना पुगे प्रहरीमा 


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– ८ जरैमा गए राती साथीसाथीबीच विवाद हुँदा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो ।

सँगै बसेर मदिरा सेवन गरेका बलबहादुर विक र गंगा बुढा क्षेत्रीले केशरको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बताए ।

हत्यामा संलग्न विक र बुढा क्षेत्री मृतकको टाउको बोकी सोही वडाको प्रतिखेतस्थित प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका थिए । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको छ । 

बीभत्स घटना भएपछि सो क्षेत्रका स्थानीय त्रसित भएका छन् ।  मृतक बुढाका बाबुआमा सुर्खेतको चौकुने गाउँपालिका–३ मोरीवनस्थित घरमा बस्दै आएका छन् ।

सुर्खेतबाट मृतकका आफन्तहरू आइपुगेपछि शवको मुचुल्का, पोस्टमार्टम लगायतका कानूनी प्रक्रिया सुरु हुने अवस्थीले जानकारी दिए । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १० : ५७ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि