एमालेको सचिवालय बैठक स्थगित « Khabarhub

एमालेको सचिवालय बैठक स्थगित


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक स्थगन भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगन गरिएको हो । बैठक आइतबार बिहान ११ः०० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा बस्नेछ ।

आइतबारको बैठकमा शुक्रबार बोल्न बाँकी सचिवालय सदस्यले आज मुलुकको समसामयिक राजनीतिक विषयमा आआफ्नो धारणा राख्ने उनले बताए ।

उनका अनुसार उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुजी महासेठ, लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा धारणा राख्नेछन् । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बस्दै छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  २ : १३ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला