गैरआवासीय नेपाली संघले मनायो २२ औँ स्थापना दिवस (तस्बिरहरू) « Khabarhub

गैरआवासीय नेपाली संघले मनायो २२ औँ स्थापना दिवस (तस्बिरहरू)


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ ।

शनिबार बिहान आयोजित कार्यक्रममा संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शान्ति र समृद्धिको कामना गर्दै १०८ दीप प्रज्वलन गरे ।

सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले अहिले गैरआवासीय नेपालीहरुकाबीचमा एकताको आवश्यकता रहेको बताए। त्यसकालागि प्रयासहरू भइरहेको पनि उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले गत भदौ २३-२४ को जेन-जी आन्दोलनले देशमा व्यापक क्षति पुगेको बताउँदै राष्ट्र पुनर्निर्माणमा एकजुट हुन आह्वान गरे ।
कार्यक्रममा एनआरएनए  उच्चस्तरीय समितिका सदस्य  विनोद कुँवरले सबैले व्यक्तिगत हठ त्यागेर एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।

उपाध्यक्ष विश्वासदीप तिगेलाले अहिलेको सन्दर्भमा एनआरएनको भूमिका झनै बढेर गएकाले एकता गरेर नेपाल र नेपालीको समृद्धिमा जोडिन आग्रह गरे ।

संघका कोषाध्यक्ष ठाकुर ढुंगानाले जेन-जी आन्दोलन पछि एनआरएनएले पुनर्निर्माणको काम जारी राखेको जानकारी गराउँदै बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरुप  सन् २००३ अक्टोबर ११ तारिखमा स्थापना गरिएको एनआरएनका ८० भन्दा बढी मुलुकमा शाखा हरु रहेका छन् ।

संघले एनआरएन दिवसकै अवसरमा  शनिबार नै बग्गीखानमा चियापान कार्यक्रम आयोजान गरेको छ। यसैगरी शनिबार साँझ पशुपतिस्थित आरतीस्थलमा दीप प्रज्वलनको पनि कार्यक्रम  छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ३ : २९ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ