विद्रोहमा जाने ‘जेनजी अलायन्स फर मोनार्की’ नामक समूहको चेतावनी « Khabarhub

विद्रोहमा जाने ‘जेनजी अलायन्स फर मोनार्की’ नामक समूहको चेतावनी


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘जेनजी अलायन्स फर मोनार्की’ नामक गरेको एउटा जेनजी समूहले विद्रोहमा जाने चेतावनी दिएको छ । उक्त समूहले शनिबार विज्ञप्ति जारी गरी आफूहरु नै असली जेनजी भएको भन्दै वर्तमान सरकार र राजनीतिक नेतृत्वले वास्तविक देशभक्त र राष्ट्रवादी जेनजीहरूलाई निषेध गरेको आरोप लगाएको छ ।

उक्त समूहले प्रधानमन्त्री र राष्ट्रपतिसँग छलफलका लागि बोलाइएका प्रतिनिधिहरू दलसँग आबद्ध विद्यार्थी सङ्गठनको टिकट लिएर चुनाव लडेका वा नेपालको हित विपरीत चलेका विदेशी आईएनजीओको सदस्य मात्र रहेको दाबी पनि गरेको छ ।

‘‘हामी वास्तविक जेन जी समूहका देशभक्त राष्ट्रवादी किशोर किशोरी तथा युवाहरु तपाईंहरुको एकलकाँटे र निषेधको विचार तथा व्यवहार देखेर आजित एवम् शान्तपूर्वक आक्रोशित पनि भएका छौं, हामीलाई फेरि साँच्चै विद्रोहमा जान तपाईंहरुले बाध्य पारिरहनु भएको अवस्था जानकारी दिन चाहन्छौ ।’’ उक्त समूहले भनेको छ ।

‘‘हाल राष्ट्रपति र प्रधानमन्त्रीले जेनजी भनी एकपक्षीय वार्ता र संवाद गरिरहेकोमा त्यस षडयन्त्रलाई तत्काल रोकियोस् र सर्वपक्षीय सहमतिको बाटो खोजियोस् भनी अपिल गर्दछौं । नत्र भविष्यमा यसै कारणबाट पर्न जाने क्षतिको जिम्मेवारी सो प्रक्रियामा रहेका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, दलहरु र सञ्चारमाध्यम तथा समाजका बुद्धिजिवीहरुले पनि लिनु पर्ने समेत संयमतापूर्वक चेतावनी सहित जानकारी दिन चाहन्छौं ।’’ उक्त समूहले भनेको छ । उक्त समूहले राष्ट्रपति र प्रधानमन्त्रीले जेनजीका नाममा राजनीतिक दलका कार्यकर्ता र विदेशी एजेन्टसँग छलफल गरिरहेको आरोप लगाएको छ ।

तर, आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद र घाइते योद्धाहरू चाहिँ कुनै पनि भ्रष्ट नेता र दलसँग आबद्ध नभएको र विदेशी एजेन्ट आईएनजीओको सदस्य नभएको सो समूहको भनाइ छ । यसबाट लड्नेहरू सच्चा देशभक्त रहेको र मौकाको फाइदा उठाउनेहरू पुरानै भ्रष्टताको पक्षमा रहेको स्पष्ट हुने उनीहरूले दाबी गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ३ : ३४ बजे

सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं– सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई

गगनलाई धम्क्याउन ‘देउवा’ अस्त्र प्रयोग गर्दै इतर समूह

काठमाडौं– नेपाली कांग्रेसमा शीर्ष नेतासहित युवा पूर्व सभापति शेरबहादुर देउवालाई

बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका