राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी « Khabarhub

राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ- राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको सम्पत्ति दायित्व ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । शनिबार यहाँ आयोजित संस्थाको २७औँ वार्षिक साधारणसभामा सहकारीको कुल सम्पत्ति दायित्व आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ३८ लाख ५७ हजार ४५४ रुपैयाँ पुगेको जानकारी दिइयो । 

अध्यक्ष जीवन काफ्लेले संस्थाको अघिल्लो आव २०८०/८१ मा ४८ करोड चार लाख रुपैयाँ रहेकामा गत आवमा त्यसमा सुधार गर्न सफल भइएको र चालु आव २०८२/८३ मा यसलाई वृद्धि गरेर ६३ करोड ९० लाख १७ हजार ३०२ रुपैयाँ पुर्‍याइने लक्ष्य रहेको बताए । गत आवमा वार्षिक लक्ष्यको ९४ प्रतिशत अर्थात् ५१ करोड ४३ लाख पाँच हजार ५६९ रुपैयाँ आम्दानी गरेको उनले जानकारी दिए । 

यस्तै, सहकारीको निक्षेप ४४ करोड ४३ लाख ११ हजार ७०९ रुपैयाँ रहेको छ भने  ऋण लगानी ३५ करोड ८८ लाख ७२ हजार ९९४ रुपैयाँ रहेको छ । विसं २०५५ साउन ४ मा स्थापित सहकारीमा हाल एक हजार ८९३ जना शेयर सदस्य रहेका  छन् ।
 
यस सहकारीले गत आवमा नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कारसमेत प्राप्त गरेको संस्थाका सचिव ओमराज सुवेदीले बताए । 

यसैबीच यहाँ एक पत्रकारसहित तीन जनालाई नगदसहित पुरस्कृत गरिएको छ । किशोरी खतिवडा स्मृति पुरस्कारबाट निजामती कर्मचारी सङ्गठनकी पूर्वउपाध्यक्ष इन्दिरा रिजाल (काठमाडौँ), दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर), हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ । 

निजामती कर्मचारी सङ्गठनकी केन्द्रीय अध्यक्ष भवानी दाहाल, संस्थाका अध्यक्ष जीवन काफ्ले, दाता परिवारका सदस्यलगायतले तीनै जनालाई पुरस्कार प्रदान गरे । सहकारीले ७५ वर्षमाथिका ज्येष्ठ सदस्य तथा कक्षा १२ र एसइईमा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरेको छ । रासस

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ७ : ३० बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा