ट्राफिक प्रहरीमाथि हातपात गर्नेलाई कारबाही गर्ने तयारी  « Khabarhub

ट्राफिक प्रहरीमाथि हातपात गर्नेलाई कारबाही गर्ने तयारी 



काठमाडौं– ट्राफिक प्रहरीमाथि हातपात गर्नेहरूलाई कारबाही गर्ने तयारी गरेको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् । कर्तव्यमा खटिएको ट्राफिकमाथि हातपात गर्ने घटनाक्रम बढिरहेको भन्दै उनले घटना छानबिन गरी कारबाही गरिने बताएका छन् । 

खबरहबसँगको कुराकानीमा उनले भने, ‘विशेष गरी जेन–जी आन्दोलन पछाडि युवाहरूको टार्गेटमा प्रहरी तथा ट्राफिक प्रहरी परेका छन् । आन्दोलनकारीले प्रहरीको ज्यान लिने, कार्यालयमा आगो लगाउने, प्रहरीलाई लुगा फुकालेर नङ्ग्याउने काम गरे । त्यसले समाजमा नकारात्मक सन्देश गएको छ, उनी थप्छन्, ‘उक्त दृश्यले प्रहरी शक्तिहीन हुन्छ र यिनीहरूलाई हातपात गर्नु सामान्य हो भन्ने भएको छ ।’

ट्राफिक प्रहरी नागरिकको ‘साथी’ हो । सवारी आवागमनलाई सुचारु रूपले सञ्चालन गर्नु उसको जिम्मेवारी हो । साथै, सवारी ऐन विपरीत चलेका सवारीसाधनहरूलाई कानुन बमोजिम कारबाही गर्नु पनि ट्राफिक प्रहरीको काम हो । जसको उद्देश्य सडक दुर्घटना हुनबाट जोगाउनु हो । 

सडकमा आफ्नो कर्तव्य निभाउँदै गरेको ट्राफिक प्रहरीमाथि हातपात गर्नु सामान्य विषय नभएको सुवेदीको भनाइ छ । ‘ट्राफिक प्रहरीमाथि पहिलेदेखि नै हातपात हुँदै आएको हो । तर अधिकांश त्यस्ता घटना सडकमै समाधान गर्ने गर्दा त्यस्ता व्यक्तिहरूको मनोबल बढेको देखिन्छ । यस पटक केन्द्रीय कार्यालय नै पत्राचार गरेर प्रदेश प्रमुखहरूलाई कारबाही गर्न सिफारिस गरेको छ ।’    

भदौरे बर्खाले देशको विभिन्न भागमा ठुलो पहिरो गयो । जिल्ला विपत् व्यवस्थापनका अनुसार नागढुङगा–मुग्लिङको १६ ठाउँमा पहिरोको जोखिम रहेको थियो । धादिङको बादरे र मुग्लिङदेखि नारायणगढको बाटोमा झनै धेरै पहिरो गयो । पहिरो हटाएर नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन प्रहरी तैनाथ थियो । 

माथि पहिरो तल त्रिशूली नदी बगेको छ । बाटो साँघुरो छ, सवारीसाधन धेरै छन् । लामो समय रोकिएका यात्रुलाई पनि हतार थियो । अत्यधिक जामलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई समस्या भइरहेको थियो । यस क्रममा चालक र ट्राफिक प्रहरीबीच मतभेद हुन्छ । ट्राफिक प्रहरीले सवारीको चाबी खोसिदिन्छन् । चालकले रिस थाम्न सक्दैनन् र प्रहरीलाई कुट्न थाल्छन् । 

ट्राफिक प्रहरीले पनि यदाकदा सर्वसाधारणमाथि कुटपिट गरेको देखिन्छ भन्ने प्रतिप्रश्नमा सुवेदीले भने, ‘सर्वसाधारणलाई विना कारण कुटेको पाइएमा ट्राफिक प्रहरी पनि कारबाहीमा पर्छन् । कानुन भन्दामाथि नागरिक पनि छैन र प्रहरी पनि छैन । नियम तथा कानुन उल्लघंन गर्ने छुट कसैलाई छैन ।’

‘सहकर्मीले सडकमा पिटाइ खाएको देखेर अन्य ट्राफिक प्रहरीको मनोबल गिरेको छ । उक्त मनोबल गिर्न नदिनको लागि पनि नियम उल्लघंन गर्नेलाई कारबाही गर्नुपर्ने जरुरी छ, उनले थपे, ‘सडक नियम उल्लघंन नगर्नेलाई कसैगरी पनि कारबाही गर्न सकिन्न । नियम मान्नुस् भन्दा प्रहरीले सडकमै कुटाइ खानुपर्ने अवस्था निकै दुखद छ ।’

नागरिकको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भएकाले प्रहरीमाथिको अन्यायलाई नजरअन्दाज गर्ने अभ्यास हुँदै आएको प्रवक्ताले बताए । उनी भन्छन्, ‘नागरिककै हितको लागि सडकमा खटिएको प्रहरी आफै असुरक्षित हुन्छ भने कसरी काम गर्न सक्छ ? यातायातका साधनदेखि यात्रुहरूलाई सचेत, सजग गराउनु, पैदलयात्रुको जीवन रक्षा वा दुर्घटना हुनबाट जोगाउन खटिएको कर्मचारीलाई सहयोग गर्ने हो, उनले भने । 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ७ : ५० बजे

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा

एक भुक्तभोगीको अख्तियारलाई प्रश्न– चयनमुखी अभियोजनले न्याय बाँच्ला ?

काठमाडौं– अख्तियार सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको

जनकपुरले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आइतबार

क्षतिग्रस्त सिंहदरबार अवलोकन गर्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको जेन-जी आन्दोलनका

ग्रीसमा १८ आप्रवासी मृत फेला, अनुसन्धान सुरु

एथेन्स- ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा