शरणार्थी शिविरमा लागुऔषध कारोबारको आरोपमा आठ जना पक्राउ « Khabarhub

शरणार्थी शिविरमा लागुऔषध कारोबारको आरोपमा आठ जना पक्राउ


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको दमक नगरपालिका-३ वेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा लागुऔषध खैरो हेरोइन बिक्रीवितरणमा संलग्न आठ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा दमक(३ स्थित बेलडाँगी भूटानी शिविर सेक्टर नं ३ हट नं ३५३ का साजन थापाको घरमा छापा मार्दा उक्त घरको कोठामा चस्माको खाली खोलमा लुकाई राखिएको अवस्थामा खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकबाहेक सात ग्राम ८०० मिलिग्राम छ ।

प्रहरीले लागुऔषध बिक्रीवितरणमा संलग्न भएको आरोपमा सोही शिविरका २७ वर्षीय साजन थापा, इलाम चुलाचुली गाउँपालिका–३ का ३२ वर्षीय दीपेश तामाङ, ३२ वर्षीय सनम राई, दमक–३ का १८ वर्षीय आदित्य लिम्बू, १९ वर्षीय पवीन विश्वकर्मा, २५ वर्षीय सुचन दर्जी, बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बी२ हट नं १९१–१९२ का २५ वर्षीय विजय माझी र मोरङ मिक्लाजुङ गाउँपालिका–८ का २० वर्षीय निश्चल पोर्तेलाई पक्राउ गरेको छ ।

दमक–३ का आदित्य लिम्बूले जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने कार्यमा संलग्न रहेको पाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

त्यस्तै, मिक्लाजुङ–८ का निश्चल पोर्तेल इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा रहेकामा गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा हिरासतबाट भागेका फरार कैदी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १० : २२ बजे

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न

विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’बाट भारत एक

एफए कप : आर्सनलको गोल वर्षा, विगनविरुद्ध पहिलो हाफमै चार गोल

काठमाडौं – एफए कप अन्तर्गत गएराति भएको खेलमा आर्सनलले सानदार

६ लाख बढीले गरे महाविरात्रिमा पशुपतिनाथको दर्शन

काठमाडौं – महाशिवरात्रीका दिन आइतबार छ लाख बढी भक्तजनले पशुपतिनाथको

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार