पर्सामा आइतबारदेखि हैजाको खोप दिइने « Khabarhub

पर्सामा आइतबारदेखि हैजाको खोप दिइने


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्साका १४ वटै स्थानीय तहमा आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पर्सामा गत भदौको पहिलो साता हैजाको सङ्क्रमणका बिरामी देखा परेका थिए ।

स्वास्थ्य कार्यालय पर्साले आज यहाँ आयोजित हैजाविरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालनबारे जिल्लास्तरीय सरोकारवाला निकायको अभिमुखीकरण कार्यक्रममा पर्साका १४ वटै पालिकामा असोज २६ देखि आगामी कात्तिक २ गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले आइतबारदेखि पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । “यहाँ भदौको पहिलो साता हैजाका बिरामी देखा परेकाले पनि खोप अभियान सञ्चालन गर्न लागेका हौँ । यो खोप अभियानले हैजाको सङ्क्रमण न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

उक्त अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारामा पठाएको जनायएको छ । यो अभियानमा एक वर्षभन्दामाथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ ।

यो मुखबाट खुवाइने खोप हो । यो सुरक्षित रहेको महाशाखाले जनाएको छ । यो खोप एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो खोप दिन सकिने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । बारामा असोज २९ देखि सुरु गरेर तिहारअघि सकाउने महाशाखाको योजना छ ।

जनस्वास्थ्य अधिकृत ठाकुरले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ सरकारी अधिकारीसहित सर्वसाधारणका लागि खोप अभियान शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनका अनुसार पर्सामा छ लाख ५२ हजार ११९ जनालाई खोप दिइनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १० : २८ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा